FLASH NEWS
  • Loading...

राखुभगवती काेत मन्दीरमा राँगोको मार हान्न तीन लाख १५ हजार रुपैयाँको बोलकबोल !

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३७६ पटक पढिएको
राखुभगवती काेत मन्दीरमा राँगोको मार हान्न तीन लाख १५ हजार रुपैयाँको बोलकबोल !

म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा नवमीका दिन (अाज) बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख रुपैयाँको बोलकबोल भएको छ ।

भगवतीकाे भर्लाको डाँडामा अवस्थित राखु भगवती कोट मन्दीरमा नवदुर्गालाई वली चढाईने राँगो मार हान्न रघुगंगा गापाा, २ बखनेका सचिन केसीले तीन लाख १५ हजार बोलकवोल गरेका हुन । केसीले वोलकवोल गरेको रकम पुजा सञ्चालन समितिलाई उपलब्ध गराई सरेका छन । १२ जना प्रतिस्पर्धी सहभागी वोलकवोलमा केसीलाई सोही वडाका चन्द्रबहादुर केसीले तीन लाख १३ हजार ५ सय र पखटोलका झलक खत्रीले तीन लाख १३ हजार बोलकवोल गरी पछ्याएका थिए ।
सरकारी राँगो बाहेक छुट्टै मैदानमा बली दिईने अर्को राँगो स्थानीय प्रदीप परियारले ३३ हजार बोलकवोल गरी मार हान्ने भएका छन । परियारलाई स्थानीय गमन भण्डारीले ३२ हजार ५ सय रुपैयाँ बोलेर पछ्याएका थिए ।
‘यो यस क्षेत्रकै एतिहाँसिक कोट मन्दीर हो । यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास भएकोले दुर्गाभगवतीलाई वली चढाईने राँगो मार हान्न ठूलो हानथाप नै हुन्छ’ पुजा ब्यवस्थापन समितिका सचिव कृष्ण शाहीले भने, ‘बाईसे/चौविसे राज्यकालदेखी यहाँको कोटमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ ।’

भगवती कोत मन्दिरमा कालरात्रीको राति कोटमन्दीरमा सर्वसाधारणको बिचमा खुल्ला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ । यो क्षेत्रकै ऐतिहाँसिक कोत मन्दीर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । हरेक बर्ष सरकारी मार हान्न आकाँक्षा राख्नेहरुको संख्या र बोलकबोल रकम समेत बढ्दै गएको पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताए।

जन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ । म्याग्दीको प्रमुख शक्तिपीठमध्येमा पर्ने भगवती कोत मन्दिरलाई पुरातत्व विभागले दुई बर्ष अघि रु ६९ लाख खर्चेर पुननिर्माण गरेको छ । यसैबिच रघुगंगा गाउँपालिका–३ को मौवाफाँट कोतमा दिनेश चन्दले रु ५० हजार १ सय रुपैयाँ बढीबढाउ बोलकबोल गरेर सरकारी मार हान्ने हुनुभएको छ । यहाँ पनि सरकारी मार हान्न आकांक्षीहरुबिचमा बढीबढाउ गर्ने चलन रहेको छ ।