FLASH NEWS
  • Loading...

टीकाको साइत नेपालमा बुधबार ११:५१ बजे, विदेशमा कुन देशमा कति बजे ? देश अनुसारकाे विवरण हेर्नुहाेस

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३१९ पटक पढिएको
टीकाको साइत नेपालमा बुधबार ११:५१ बजे, विदेशमा कुन देशमा कति बजे ? देश अनुसारकाे विवरण हेर्नुहाेस

नेपालमा बडादसैंको टीकाको उत्तम साइत असोज १९ गते (५ अक्टुवर) बुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ । नेपालमा मात्र हाेइन विश्वभर बसाेबास गर्ने सनातनधर्मालम्बीहरूले देश अनुसार फरक तारेख र समयमा दशैकाे टिका लगाउने छन ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नेपालमा घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०:३४ बजे विसर्जन गरी ११.५१ को साइतमा टीका लगाउन सकिनेछ । देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।

पञ्चाङ्ग निर्णायक समितिका तय गरे अनुसार भारतमा ५ अक्टुवर विहान १०ः४५ बजे, अमेरिकाकाे न्युयाेर्कमा ४ अक्टुवरकाे विहान ११ ः ११ बजे, टेक्सासमा ११ ः ३५ बजे,  क्यार्लिफाेर्नियामा साेही दिन विहान ११ः४५ बजे दशैंकाे टिकाकाे साइत जुरेकाे छ ।

त्यस्तै क्यानेडामा अक्टुवर ४ तारेखका विहान ११ः३९ बजे, क्यानेडाकै भ्याक्कुभरमा ११ः४५ बजे, जापानमा अक्टुवर ५ तारेखकाे विहान १०ः३९ बजे, अष्ट्रेलियाकाे सिड्नीमा अक्टुवर ५ काे विहान १०ः ४१ बजे, मेलवन्मा १०ः५५ बजे, डिसवेनमा ११ः५ बजे टिकाकाे साइत जुरेकाे छ । न्युजिल्याण्डमा अक्टुवर ५ विहान १०ः५७ बजे, लिस्वन पाेर्तुगलमा  ४ अक्टुवरकाे विहान ११ः ३५ बजे, बेलायतकाे लण्डनमा ४ तारिखकाे विहान ११ः५७ बजे, फ्रान्सकाे पेरिसमा ४ तारेखकाे ११ः५५ बजे, स्वीजरल्याण्डमा ९ः५५ बजे, नर्वे अाेस्लाेमा ११ः२५ बजे साइत जुरेकाे छ ।

त्यस्तै, मलेशिया ५ तारेखकाे विहान १०ः२५ बजे, युएइमा ५ तारेखकै िवहान ९ः१ बजे, कतारमा विहान ८ः१५ बजे, दक्षिण काेरियामा ५ तारेखकै विहान १०ः४१ बजे, इजरायलमा ४ तारेखकाे विहान १०ः२७ बजे, हङ्गकङ्गमा ५ तारेखकै १०ः५५ बजे र म्यानमारमा विहान ९ः५५ बजे दशैं टिकाकाे साइत जुरेकाे छ ।