FLASH NEWS
  • Loading...

सहरबाट घर फर्कने लर्को, खाली हुँदै सहरबजार

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३५४ पटक पढिएको
सहरबाट घर फर्कने लर्को, खाली हुँदै सहरबजार

स्कुल/कलेजमा विदा भएसंगै विद्यार्थी र छोराछोरी पठाउन सहर झरेका गृहणीहरु रङ्गीचङ्गी पहिरनमा गाउँ फर्कने हतारोमा छन ।
दशैं मनाउन कर्मचारीहरु विदा अघि नै घर लागेपछि प्रहरी, प्रशासन समेतका सिमित सरकारी कार्यालयबाहेक प्राय: कुरुवाको भरमा छन । दशैं नजिकिँदै गर्दा लाहुरे मात्र होईन, वालवच्चा पढाउन शहर झरेकाहरु पनी नानाीबाबुलाई अगाडी लगाएर धमाधम घर फर्कन थालेका हुन । गाउँ–गाउँमा स्थानिय स्तरका खेलकुद प्रतियोगिता सहित मनोरञ्जनपूर्ण मेलाको आयोजना गरिएका छन ।
‘गाउँमा मेला लागेको छ । सहरका केटाकेटीको कलेज/विद्यालय बन्द भएकोले घर हिँडेका छौं’ पोखराबाट पुख्यौली थलो शिख उक्लने बेनी आईपुगेकी सिता पुनले भनिन, ‘दशैं चाडपर्व मात्र होईन हामी सहरमा झरेका परिवारकालागी गाउँघरमा रहेका आफन्तसँग भेटघाट गर्ने र वालापन विताएको पुख्यौली थलोको कलेस मेट्ने अवसर पनि हो ।’
दशैं लागेसँगै वर्खाभरी वन्द भएका ग्रामिण सडकमा पुन: गाडी गुड्न थालेका छन । दशैं लक्षित गरी स्थानिय निकायले ग्रामिण सडक मर्मत गर्न थालेका छन । गाउँ उक्लने सवै जीप तथा माईक्रो वसहरुमा यात्रु भन्दा तेब्बरबढी खाद्यान्न, लाहुरेका लकेज र गाउँ फर्केने सहरियाहरुको लकेजल कोचाकोट छन । बर्खाभरी सुनसान भएका गाउँमा चहलपहल सुरु भएको छ ।
‘दशैंले गाउँघर फर्कनेको भीड बढ्दै गएकोले हामी यातायात ब्यवसायीलाई भ्याई नभ्याई छ । बर्खाभरी रिक्तो गाडी गुडाएका थियौं, अहिले कोचाकोच छ’ बेनी–दरवाङ्ग सडकमा चल्ने एक वसका चालक अनिसले भने , ‘दशैंको चहलपहल यात्रुको चापले दिन्छ ।’
हिजो आज ग्रामिण वस्तीमा रौनक बढेको छ । बर्षौ देखी सहर झरेका र विदेश पुगेकाहरु पुख्यौली थलो उक्लन थालेका छन । गाउँ–गाउँमा फुटवल, भलिवल, बास्केटवल जस्ता खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन ।
दशैंसंगै सहर झरेकाहरु गाउँ फर्कदा खुसी र रमाईलो मात्र उक्लेको छैन, सहरीया दुब्र्यसनीहरु लागुपदार्थ लिएर ग्रामिण युवालाई ‘कोसेली’ भन्दै दुब्र्यसनमा फसाउँने पनि गर्छन । लागुपदार्थका कारोवारीहरुले दशैं समेतका चाडपर्वलाई ब्यापार विस्तार गरी चाडपर्वको खुसीयालीको दुरुपयोग समेत गर्ने गरेका छन ।