FLASH NEWS
  • Loading...

निर्वाचन गराउन कर्मचारी मतदान केन्द्र हिंड्न थाले, मौषमले वुथ ब्यवस्थापनमा चुनौती

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६९ पटक पढिएको
निर्वाचन गराउन कर्मचारी मतदान केन्द्र हिंड्न थाले, मौषमले वुथ ब्यवस्थापनमा चुनौती

निर्वाचन गराउन खटिएका कर्मचारीहरु नियुक्ति पत्र, निर्वाचन सामाग्री बुझेर मतदान केन्द्र हिंड्न थालेका छन । सवैभन्दा दुर्गम धवालागिरी गाउँपालिका, १ गुर्जा र ४ खिवाङ खटिएका कर्मचारी भने हिंडेका छन ।
मतदान स्थलमा खटिएका मतदान अधिकृत, सहायक अधिकृत, कर्मचारी, प्रहरी समेत सुरक्षाकर्मीको टोलीले मुख्य निर्वाचन कार्यालयबाट आवश्यक निर्वाचन सामाग्री वुझ्न थालेका छन । अधिकांश मंगलावर हिंडेने छन । वेनी नगरपालिका भित्रका मतदान अधिकृत समेतका टोली भने बुधवार विहानै हिंडेने भएका छन ।
मौषम तथा जलवायु विभागले बैखाख २९–३० गतेसम्म मौषम बदली भै वर्षाको जोखिम देखाएकोले यसपटक मतदान स्थलमा वुथ निर्माण, मतदाताको लाईन ब्यवस्थापन र टाढाका मतदातालाई मतदान स्थलमा पुग्न समस्या हुने आँकलन गरिएको छ ।


‘मतदान स्थलमा लैजाने सवै निर्वाचन सामाग्री बुझ्यौं । मत पत्र भने मंगलवार विहानै बुझेर कार्यस्थल हिंडेने तयारीमा छौं’ अन्नपूर्ण गाउँपालिका, ३ दान स्थित ज्ञानप्रकास माध्यामिक विद्यालय मतदान केन्द्रका अधिकृत दलबहादुर थापाले भने, ‘यो पटक मौषम भनिएकोले मतदान स्थलको ब्यवस्थापनमा चुनौती देखेका छौं । बाँकी शान्तीपूर्ण हुने विश्वास छ ।’
निश्चित दुरी र संवेदनशिलताको आधारमा निर्वाचन केन्द्रमा म्यादी प्रहरी, जनपद, शसस्त्र प्रहरी र सेना तथा सादापोसाका सुरक्षाकर्मी परिचालन गरेको सुरक्षा समितिले जनाएको छ । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीमा एक जना तेस्रो लिङ्गीसहित ८५ हजार ३ सय ७५ मतदाताले भोट हाल्दैछन । निर्वाचन कार्यालयका अनुसार म्याग्दीमा ७४ मतदान स्थलमा १ सय १४ मतदान केन्द्र तोकिएका छन ।


‘मतदान स्थल र मतगणना स्थल दुवैको सुरक्षा योजना अनुसार सुरक्षा निकाय परिचालित छ । मतदानस्थलमा प्रहरी र म्यादी, त्यसको बाहिर शसस्त्र र तेस्रो घेरामा सेना रहनेगरी सुरक्षा ब्यवस्था मिलाएका छौं’ प्रमुख जिल्ला अधिकारी चिरिन्जीवि रानाले भने, ‘निर्वाचनमा भैपनि कुनै घट्ना हुन सक्ने भएपनि जिल्लाको सुरक्षा ब्यवस्था मजवुद रहेकोले शान्तिपूर्ण चुनाव हुन्छ । हामीलाई मौषम प्रतिकुलता हुने पूर्वानुमानले गर्दा सवै कर्मचारीलाई २७ गते भित्र मतदान स्थल पुग्न भनेका छौं ।’
मुस्ताङका मतदान अधिकृत मतदान केन्द्र हिंडे
त्यसैविच हिमालपारीको जिल्ला मुस्ताङमा पनि निर्वाचन तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सामा खटिने कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामाग्री सहित कार्यस्थल हिंडेका छन । सम्जोङ, घिलिङ, यारा, साङ्ता लगाएतका अति दुर्गम मतदान स्थलका कर्मचारी आईतवार नै हिंडेका हुन ।
‘मतदान अधिकृत समेत कर्मचारी, सुरक्षाकर्मीको टोलीले आवश्यक मतपत्र, स्वस्तीक, वुथ बनाउने सामाग्री र अनुसुचीसहित आवश्यक सामाग्री बुझेर हिंड्नु भएको छ । केही हिजो केही आज हिंड्नु भयो’ मुस्ताङका मुख्य निर्वाचन अधिकृत रुमाकान्त ज्ञवालीले भने, ‘मुस्ताङका ४० प्रतिशतबढी मतदाता सहरमा बस्ने भएकोले ल्याउने चुनौति छ । हामी दलहरुलाई २८ गते भित्र सवै मतदाता ल्याउन भनेका छौं ।’
जिल्ला निर्वाचन कार्यालयका अनुसार मुस्ताङमा १० हजार ४ सय ८५ जना मतदाताले ३८ वटा मतदान केन्द्रमा पुगेर मतदानमा भाग लिँदैछन । त्यसमध्य सवैभन्दा कम मतदाता वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्र्तगत समरआधारभुत विद्यालय मतदान केन्द्रमा ३४ जना छन । सवैभन्दाबढी थासाङ गाउँपालिकाको जनआदर्श माध्यामिक विद्यालय कोवाङ मतदान केन्द्रमा ६ सय ३४ जना मतदाता रहेका छन । मुस्ताङका सवैभन्दा दुर्गमका लोमन्थाङ गाउँपालिकाको सम्जोङ मतदान केन्द्रमा ६१ जना र वारागुङमुक्ति क्षेत्र गाउँपालिका, ५ साङताको हिमाली आधारभुत मतदान केन्द्रमा ३५ जना मात्र मतदाता छन ।