FLASH NEWS
  • Loading...

सामाजिक संञ्जाल प्रयाेगमा आचार संहिता उल्लङ्घन बढ्दै

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७१ पटक पढिएको
सामाजिक संञ्जाल प्रयाेगमा आचार संहिता उल्लङ्घन बढ्दै

स्थानीय तह निर्वाचन मिती नजिक आउँदै जाँदा राजनैतिक दल र उम्मेदवारहरु निर्वाचन आचारसंहिता विपरित सामाजिक संञ्जालमा राजनैतिक दलहरुको नामा संञ्चालित सामाजिक संञ्जाल खाताबाट चुनाव प्रचार प्रसार भैरहेको, विपक्षी उम्मेदवारप्रति लाक्षनायुक्त स्टाटस लेख्ने, पोष्ट शेयर गर्नेक्रम बढ्दो छ । 
त्यसैगरी संहिता विपरित गाडीमा चर्को स्वरमा स्पीकर जोडेर चुनाव प्रचार प्रसार गर्ने, मोटरसाईकलमा हर्न बनाउँदै उत्तेजित शैलीमा र्‍याली गर्ने क्रमपनि बढेको छ ।
‘दलहरुले गाडीमा स्पीकर जोडेर चर्को स्वरमा माईकिङ गर्दै डुल्ने गरेको उजुरी परेकोले सरोकारवाला दलहरुलाई सचेत गराएका छौं’ मुख्य निर्वाचन अधिकृतको कार्यालयका धर्मराज सुवेदीले भने, ‘सामाजिक संञ्जाल खाताबाट ब्यापक रुपमा दल र उम्मेदवारका चुनाव प्रसार प्रसार भैरहेको देखिन्छ तर कुनै पनि दल र उम्मेदवारले आफ्ना सामाजिक संञ्जाल खाता दर्ता गराएका छैनन ।’
राजनैतिक दल र उम्मेदवारहरुले चुनाव प्रचार प्रसार गर्न सामाजिक संञ्जाल खाता प्रयोग गर्दा निर्वाचन आयोग र निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख गराउनु पर्ने ब्यवस्था भएपनि पालना भएको छैन ।
‘राजनैतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताको परिधी भित्र रही प्रचारप्रसार गर्न सामाजिक संञ्जाल खाता प्रयोग गर्ने भए दलको खाता भए निर्वाचन आयोग र उम्मेदवारको खाता भए निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गर्नु पर्ने छ’ निर्वाचन आयोगले ०७९ वैशाख १६ गते राजनैतिक दलहरुलाई पठाएको पत्रमा भनिएको छ ।
‘आजको जमानामा सामाजिक संञ्जाल प्रयोग नगरी चुनाव प्रचास कल्पना बाहिरको कुरा हो । दल र उम्मेदवारका सामाजिक संञ्जाल भन्दा कार्यकर्ताको सामाजिक संञ्जाल खाताबढी सकृय भएका छन’ एमाले नेता बालकृष्ण सुवेदीले भने, ‘हामी सवैलाई सामाजिक संञ्जाल प्रयोग गर्दा सचेत रहने कार्यकर्तालाई सम्झाएका छौं ।’
सामाजिक सञ्जालहरु र चुनावी सभाहरुमा उम्मेदवारहरुले विपक्षी दलका उम्मेदरवारले निर्वाचन आचारसंहिता विपरित जस्तापाता, खानेपानी/सिंचाई पाईप, चामल आदी बाँड्ने गरेको आरोप लगाउने गरेका छन । तर निर्वाचन आयोग र निर्वाचन अधिकृतको कार्यालयमा भने कसैले उजुरी गर्न चाहेका छैनन ।