FLASH NEWS
  • Loading...

दुर्घटनाबाट जोगिईन रघुगंगा गाउँपालिका अध्यक्ष उम्मेदवार

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५० पटक पढिएको
दुर्घटनाबाट जोगिईन रघुगंगा गाउँपालिका अध्यक्ष उम्मेदवार

रघुगंगा गाउँपालिका अध्यक्ष उम्मेदवार मीना विश्वकर्मा दुर्घटनाबाट बचेकी छिन ।
रघुगंगा गाउँपालिका, ५ झिंबाट चुनाव प्रचार प्रसारकालागी गाउँपालिका केन्द्र रहेको मौवाफाँट जानेक्रममा वुधवार वुक्लमा अध्यक्ष उम्मेदवार विश्वकर्मा सवार ग २ च ३२११ नम्बरको जीपको अगाडीको देव्रे भागमा ढुङ्गा लागेको थियो ।
माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले भने आफ्ना पालिका अध्यक्ष उम्मेदवार मीना विश्वकर्मा सवार जीपमा अज्ञात ब्यक्तिले ढुङ्गा प्रहार गरेको आरोप लगाएको छ । माओवादी केन्द्र रघुगंगा कमिटीले प्रेस विज्ञप्ती प्रकाशित गरी ‘आफ्ना उम्मेदवारको लोकप्रीयताबाट आत्तिएर पराजित मानसिकता बोकेका ब्यक्तिले’ आक्रमण गरेको आरोप लगाएको छ ।

माओवादी केन्द्रले आफ्ना उम्मेदवार लक्षित गरी आक्रमण गरिएको भनेपनि आक्रमण गरेको स्वतन्त्र पुष्टी भएको छैन ।

‘हाम्रा उम्मेदवार सवार गाडीमा माथीबाट ढुङ्गा आएर लाग्यो । संयोगले मानवीय क्षति भएन । दुर्घटना स्थलमा न कतै पहिरो खसेको देखियो न कोही ब्यक्ति देखियो । आक्रमणको आशंका गरिएको हो’ माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य तथा प्रदेश सभा सदस्य विनोद केसीले भने, ‘दलित महिलाको लोकप्रियताबाट आत्तिएकाले आक्रमण गरेको हुन सक्छन ।’