FLASH NEWS
  • Loading...

के भन्छन नयाँ तर निर्णायक मतदाता ?

  • पुनहिल डट कम
  • २ साल अघि
  • २९८ पटक पढिएको
के भन्छन नयाँ तर निर्णायक मतदाता ?

पाँच वर्षपछि वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा म्याग्दीमा १३ हजार ४ सय ६३ जना नयाँ मतदाताले पहिलो पटक मतदान गर्दैछन । थपिएको प्राय: २४ बर्ष मुनीका युवा हुन ।
१३ हजारबढी मतदाता थपिएका भएपनि जिल्लाका विभिन्न पालिकाको प्रखुम पदमा प्रतिस्पर्धा गर्नेहरु भने अधिकांश ३५ बर्षमाथीका छन । उम्मेदवार बनेका युवा पनि प्रमुख दलहरुबाट नभै स्वतन्त्र उम्मेदवारी दिएका छन ।
‘अभिभावकका कुरा सुन्दा सवै जोगी कानै चिरेका छन रे । स्कुलबाट उच्च शिक्षाकालागी सहर झरेकोले हामी नेतालाई चिनेका पनि छैनौं । म र हामी युवापुस्ताले हाम्रो पालिकाको नेतृत्व पढलेखा, गाउँको भविश्य देख्न सक्ने र खाका कोर्न सक्ने होस भन्ने चाहन्छौं’ अन्नपूर्ण गाउँपालिका, ८ राम्चेकी शान्ति पुनले भनिन, ‘अवको नेता परम्परावादी नहोस, युवाका कुरा सुन्ने, पारदर्शी, सिर्जनशिल र उर्जावान हुन भन्ने चाहना छ ।’
शान्ति पुनले मात्र होईन, पढलेखा अधिकांश युवा मतदाताको चाहना आगामी पालिकाको नेतृत्व सृजनशिल, भिजिनरी र उर्जावान होस भन्ने चाहेको बताएका छन ।
‘थपिएका युवा मतदाताले आगामी पालिकाको नेतृत्व सृजनशिल, भिजिनरी र उर्जावान होस भन्ने चाहना देखाएका छन’ रघुगंगा गाउँपालिका अध्यक्षका प्रत्यासी युवा सागर भण्डारीले भन्छन, ‘मतदाताको दैलोमा पुग्दा दिगो विकास योजना र सिर्जनशिल नेतृत्व चाहेको भेटेको छु । मतदाता भरोसायोग्य युवाको खोजीमा छन ।’
त्यसैगरी युवाले पुस्तैदेखी एउटै पार्टी सदस्य बन्ने प्रचलनको पनि विरोध गरेका छन । बाजे जुन पार्टीको सदस्य हो, छोरा नाती पनि उही पार्टीको सदस्य बन्नै पर्ने र भोट हाल्नै पर्ने बाध्यात्मक परिस्थितीको युवाले सामना गर्नु परेको गुनासो गरेका छन ।
‘अव आउने स्थानीय सरकारको नेतृत्वले दीगो विकास र रोगजार र अवसरको सृजना गर्ने क्षेत्रमा काम हुन । सहरबाट गाउँमा फर्केर केही उद्यम, ब्यवसाय गर्छु भन्ने युवा निराश भै अरव जान बाध्य नपरुन’ मालिका गाउँपालिका, ३ की लक्ष्मी पौडेलले भनिन, ‘पालिकामा सवै युवा उमेरका उम्मेदवार छन । तर उमेर युवा भएपनि ब्यवहार र कार्यशैली दिन घचेट्ने, काल पर्खने नहोस भन्ने चाहन्छु ।’
आसन्न निर्वाचनमा नयाँ सोंच भएका र युवा ब्यक्तिले केही गर्न चाहेपनि पुरातनवादी, सडयन्त्रकारी, खुराफाती जमातको त्रासबाट राजनिती मुक्त नभएकोले मतदाता युवालाई पत्याउन हम्मे परेको पनि युवाहरुले बताएका छन । नातावाद, कृपावाद, घुसघोरी र गुण्डागर्दी समाजको तल्लो तहसम्मै संस्थागत हुन थालेकोले कुनै पनि मतदाताले स्वतन्त्र मतदान गर्न नपाएको अर्का थरी युवाहरुको गुनासो छ ।
‘बाबुआमाले भोट हाल्न रोजेको उम्मेदवार मलाई मन परेको छैन तर मौन वस्न बाध्य छु । मतदानमा पनि सेल्फसेन्सर लगाउन बाध्य छौं’ आफ्नो नाम उल्लेख गर्न नचाहेका बेनी नगरपालिका, ९ का एक युवाले भने, ‘भोली हामी चाहिन्छम, जागिर खानु पर्लानी भन्दै धम्की खानु पर्छ । तर मैले परिवार र समाजमा जे वोलेपनि मत भने आफ्नो मनले रोजेकैलाई दिन्छु ।’