FLASH NEWS
  • Loading...

६ वटै पालिकामा एमालेका महिला उम्मेदवार, अरू पार्टीका कति ?

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५० पटक पढिएको
६ वटै पालिकामा एमालेका महिला उम्मेदवार, अरू पार्टीका कति ?

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा जिल्लाका सवै ६ वटा पालिकाकाे प्रमुख/उपप्रमुखगरी  १२ वटा पदमा नेकपा एमाले ६ पदमा महिला उम्मेदवार उठाएकाे छ । 

एमालेले धवलागिरी गाउँपालिका प्रमुखमा  महिला उम्मेदवार थमसरा पुनलाइ उठाएकाे छ । त्यस्तै मालिका गापा उपाध्यक्षमा लक्ष्मी पुन, मंगला गापामा प्रेमा अधिकारी, बेनी नगरपालिकामा पशुपति शाही, रघुगंगा गापामा यामकुमारी गवुर्जा र अन्नपूर्ण गापामा दीवा पुनलाइ उम्मेदवार बनाएकाे छ । 

नेपाली काँग्रेसले पालिकाकाे प्रमुख/उपप्रमुखगरी  १२ पदमध्य ३ स्थानमा मात्र महिलालाइ उम्मेदवार बनाएकाे छ । ६ पदमा पुरूष उम्मेदवार छन । धवलागिरी गापा, बेनी नपा र रघुगंगा गापामा काँग्रेसका महिला उम्मेदवारी छैन । 

त्यस्तै माअाेवादी केन्द्रले पनि १२ पदमध्य ३ वटा पदमा मात्र महिला उम्मेदवार बनाएकाे छ । माअाेवादी केन्द्रले मालिका, मंगला गापा र बेनी नपाकाे उपप्रमुख पदमा महिला उम्मेदवारी दिएकाे छ । 

 नगर/गाउँपालिकाकाे प्रमुख वा उपप्रमुखमध्य एक जना महिला हुनै पर्ने कानुनी ब्यवस्थालाइ छल्दै काँग्रेस र माअाेवादी केन्द्रले मिलेर धवलागिरी र रघुगंगाबाट महिलालाइ बाहिर राखेका छन ।