FLASH NEWS
  • Loading...

निशुल्क मुटुराेग परिक्षण शिविर सम्पन्न, ४९ जना मुटुरोगी पहिचान

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३८ पटक पढिएको
निशुल्क मुटुराेग परिक्षण शिविर सम्पन्न, ४९ जना मुटुरोगी पहिचान

मुटु जोगाउँ काठमाण्डौ, बेनीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार, बहराईन, हङकङसमेतका सामाजिक संस्थाको आयोजनामा सदरमुकाम बेनीमा दुई दिनसम्म संञ्चालित मुटुरोग परिक्षण शिविरबाट ४९ जना शल्यक्रिया गर्नु पर्ने अवस्थाका मुटुरोगी फेला परेका छन ।
शुक्रवार र शनिवार आयोजित मुटुरोग परिक्षण शिविरबाट बाथका मुटुरोगी २१ जना, जन्मजात मुटुरोगी बच्चा १५ जना, हर्ट अट्याक हुन सक्ने जोखिममा रहेका १३ जना मुटुरोगी पत्ता लागेको हुन । पोखरा, काठमाण्डौमा प्लोअप गर्न पुग्नु पर्ने १६ जना मुटुरोगीको पनि यहाँ परिक्षण गरिएको थियो ।


‘अप्रेसन गर्नु पर्ने अवस्थाका ४९ जना मुटुरोगीको पहिचान भएको छ । यीमध्य ४ जना बालबालिकासमेत ४१ जनाको तत्काल मुटुको शल्यक्रिया गर्नु पर्ने अवस्थाका छन’ स्वास्थ्यकर्मीको नेतृत्व गरेका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टर अनिल भट्टराईले भने, ‘पहिचान भएका सवै विरामीको नि:शुल्क शल्यक्रियासमेत उपचार हुन्छ ।’
शिविरमा एक हजार पाँच सय पाँच जनाको मुटुरोग परिक्षण, ८ सय ६३ जनाको इसिजी, ६ सय जनाको इको परिक्षण गर्दा ४९ जना मुटुरोगी पत्ता लागेका हुन । पत्ता लागेका गम्भीर मुटीरोगीमध्य ४ जना बालबालिका हुन ।

‘मुटु जोगाउँ काठमाण्डौको सहकार्यमा प्रवासमा रहेका जिल्लाबासीबाट आर्थिक सहयोग जुटाएर मुटुरोग परिक्षण शिविर चलाएका हौ’ स्थानीय आयोजक ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले भने, ‘स्थानीय तह निर्वाचनको कारण आचारसंहिताको कारण सवै वस्ती र ब्यक्तिसम्म शिविरको सन्देश पुऱ्याउन सकेनौं । सामाजिक संञ्जालमा सुचना राखेको भरमा वरपरका विरामी मात्र आएका हुन ।’