FLASH NEWS
  • Loading...

म्याग्दीमा प्रमुख/उपप्रमुखसमेत ३६ जना उम्मेदवारको मनोनयन फिर्ता

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६१ पटक पढिएको
म्याग्दीमा प्रमुख/उपप्रमुखसमेत ३६ जना उम्मेदवारको मनोनयन फिर्ता

निर्वाचन तालिका अनुसार ११ र १२ गते मनाेनयन दर्ता र शुक्रवार मनाेनयन फिर्ता गर्ने दिनमा तीन दिन उम्मेदवारकाे रहर पुरागरेपिछ यहाँका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु समेत ३६ जना उम्मेदवारले तीन दिन उम्मेदवारकाे  आफ्नो नाम फिर्ता गरेका छन ।
उम्मेदवार फिर्ता गर्नेमा ३ जना नगर/गाउँपालिका प्रमुखका दावेदार, उपप्रमुखका ५ जना, वडाध्यक्षका ८ जना समेत ३६ जनाले उम्मेदवार छ न ।
बेनी नगरपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्र विच प्रमुख र उपप्रमुखमा गठवन्धन भएपछि माओवादी केन्द्रका धनलाल जैसीले नगरप्रमुखबाट र काँग्रेसकी अमृतदेवी बानियाँले उपमेयरमा गरेको मनोनयन फिर्ता गरेकी छिन । त्यसैगरी नेकपा एसबाट नगरप्रमुख र उपप्रमुखमा दावी गरेका कृष्णकुमार विश्वकर्मा र मुना बानियाँले पनि मनोनयन फिर्ता गरेका छन । नेकपा एसबाट ५ नम्बरका वडाध्यक्ष उम्मेदवार चन्द्र पाईजा, ६ का वडाध्यक्ष उम्मेदवार सवन्त बानियाँ, ९ नम्बर वडाका वडाध्यक्ष मुक्ति पाईजा समेत १४ जना सदस्यले उम्मेदवारी फिर्ता गरेका मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

मंगला गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एसबाट प्रमुख पदका उम्मेदवार रुद्र किसान, उपप्रमुख पदका उम्मेदवार कल्पना सापकोटा, ३ नम्बर वडाध्यक्ष मदन सापकोटा र दलित महिला सदस्य रीता सार्कीसमेत चार जनाले उम्मेदवारी फिर्ता गरेका छन ।
त्यस्तै मंगला गापामा नेशनल मंगोल अर्गनाईजेसनबाट उपाध्यक्ष उम्मेदवार भएकी भुमि घर्ती र स्वतन्त्र उम्मेदवार टंक बुढाथोकीले पनि उम्मेदवारी फिर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा एसको उम्मेदवारी फिर्ता र अन्य दलसँगको सर्मथनबारे बुझ्न नेकपा एसका जिल्ला अध्यक्ष कृष्ण विकलाई सम्पर्क गर्दा फोन उठेन । यस अगाडीका भेटमा नेकपा एसका जिल्ला नेताहरुले गठवन्धनले अपमानपूर्ण ब्यवहार गरेकोले बरु एमालेका उम्मेदवार प्रति नरम बन्ने संकेत गरेका थिए ।
‘मंगला गापामा एक जना पालिका प्रमुख, तीन पालिका उपप्रमुख, एक जना वडाध्यक्ष र उक दलित महिला सदस्यले उम्मेदवारी फिर्ता गर्नु भएको छ’ मंगला गाउँपालिकाका निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए ।
बेनी नगरपालिका वडा नं २ का सदस्य पदमा राप्रपाबाट उम्मेदवार कर्ण खड्का, कृष्ण क्षेत्रीले र वडा नं ८ मा राप्रपाका सदस्य उम्मेदवार झलप्रसाद गौचनले पनि उम्मेदवार फिर्ता गरेका छन ।
त्यसैगरी रघुगंगा गाउँपालिका, ६ मा राप्रपाबाट वडाध्यक्ष उम्मेदवार राजन गौचन, टेकमन शेरचन, भक्तिलाल छन्त्याल, महिला सदस्य विष्णु पुन र एमालेकी दलित महिला उम्मेदवार शर्मिला परियारले उम्मेदवारी फिर्ता गरेका छन । रघुगंगा गापा, ३ मा राप्रपाबाट वडासदस्य उम्मेदवार खिमबहादुर शाहीले पनि उम्मेदवारी फिर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राप्रपा जिल्ला अध्यक्ष वीरबहादुर थापाका अनुसार रघुगंगामा एमालेलाई सर्मथन गर्ने गरी उम्मेदवार फिर्ता गरिएको हो । ‘रघुगंगामा हामीले एमालेलाई सर्मथन गर्छौ, बेनी २ मा उम्मेदवारी फिर्ता भएपनि कस्लाई समर्थन गर्ने टुङ्गो भैसकेको छैन’ अध्यक्ष थापाले बताए ।
धवलागिरी गाउँपालिका, ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका अर्जुन थापाले पनि उम्मेदवारी फिर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
हिमालपारी दुई दलित महिलाको उम्मेदवारी फिर्ता
मुस्ताङको लोमन्थाङ स्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५ नम्बर वडामा काँग्रेस र एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेका उम्मेदवारले नाम फिर्ता गरेका हुन । अव लोमन्थाङका सवै वडामा दलित महिला उम्मेदवारी खाली भएको छ ।
‘सवैले कर गरी उम्मेदवारी दिएका भएपनि हामी उमेरले पाको भयौं, स्वास्थ्यले पनि साथ नदिने भएकोले उम्मेदवारी फिर्ता गर्छौ भन्दै दुई जना दलित महिला पदका उम्मेदवारले नाम फिर्ता गर्नु भयो’ निर्वाचन अधिकृत घनश्याम सुवेदीले बताए ।