FLASH NEWS
  • Loading...

मुस्ताङका ६ र म्याग्दीको एक वडामा निर्विरोध

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४० पटक पढिएको
Post Thumbnail

हिमालपारीकाे जिल्ला मुस्ताङका ६ र म्याग्दीकाे एक वडामा वडाध्यक्ष समेत टिम निर्विराेध भएकाे छ । 

मुस्ताङका मुख्य निर्वाचन अधिकृत रुमाकान्त ज्ञवालीका अनुसार घरपझोङ गापा वडा नं १ मा काँग्रेसका आसबहादुर थकाली वडाध्यक्ष र ४ सदस्यमध्य दुई जना एमाले, एक माओवादी केन्द्र र एक जना नेकपा एसका उम्मेदवार निर्विरोध भएका छन । त्यस्तै २ मा काँग्रेसका मनबहादुर हिराचन र ४ सदस्यमध्य २ जना एमाले र २ जना राप्रपाका उम्मेदरवार र ५ नम्बर वडामा एमालेका प्रदीप थकाली वडाध्यक्ष र सदस्यमा काँग्रेसका ३ र एमालेका १ सदस्य निर्विरोध भएका छन ।
त्यसैगरी लोघेकर दामोदर कुण्ड गाउँपालिकाका, १ मा वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, एमालेकै एक सदस्य र काँग्रेसका २ सदस्य, ३ नम्बर वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, एमालेका ३ र काँग्रेसका एक सदस्य तथा ४ नम्बर वडाध्यक्षमा एमालेकै झियानछुसाङ गुरुङसमेत सवै ५ सदस्य तथा २ नम्बर वडामा एमालेका तीन र काँग्रेसका एक सदस्य निर्विरोध भएको लोघेकर दामोदर कुण्ड गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस पालिकाको २ नम्बर वडाध्यक्षमा भने एमाले र काँग्रेस विच प्रतिस्पर्धा हुँदै छ ।
‘सदरमुकाम रहेको घरपझोङ गापा ५ मध्य ३ वडामा सेट नै निर्विरोध भएका छन’ मुख्य निर्वाचन अधिकृत ज्ञवालीले भने, ‘माथिल्लो मुस्ताङको लोघेकर दामोदर कुण्डमा पनि धेरै वडा निर्विरोध भएको जानकारी आएको छ ।’

त्यसैविच म्याग्दीको धवलागिरी गाउँपालिका, १ गुर्जामा माओवादी केन्द्रका झकबहादुर छन्त्यालसहितको टिम निर्विरोध भएको छ ।
धवालागिरीमा काँग्रेस–माओवादी केन्द्रको गठवन्धनमध्य वडाध्यक्ष झकबहादुर, महिला सदस्य सीता छन्त्याल, दलित महिलामा सन्तमायाँ विक माओवादी केन्द्र र केआईसिं छन्त्याल र गुनराम छन्त्याल काँग्रेसबाट सर्वसम्मत भएका हुन ।