FLASH NEWS
  • Loading...

म्याग्दीका प्रमुख/उपप्रमुखमा महिलाको उम्मेदवारी बढ्यो

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८१ पटक पढिएको
म्याग्दीका प्रमुख/उपप्रमुखमा महिलाको उम्मेदवारी बढ्यो

अघिल्लो स्थानीय तहका निर्वाचनमा भन्दा यसपालाको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखमा महिलाको आर्कषण बढेको छ । आसन्न स्थानीय तह निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखमा गरी २५ जना महिलाले मनोनयद दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
०७४ सालको निर्वाचनमा धवलागिरी गाउँपालिका प्रमुखमा उम्मेदवारी दिने एमालेकी थमसरा पुन एक्ली थिईन । विजयी पनि भईन । यस पटक भने जिल्लाका ६ पालिकामध्य तीन जना महिलाले फरक–फरक पालिका प्रमुखमा मनोनयन दर्ता गरेका छन । त्यस्तै उपप्रमुखमा २२ जना महिलाले मनोनयन दर्ता गरेका छन ।
धवलागिरी गापा प्रमुखमा पुनले दोहोर्‍याएर उम्मेदवारी दिएकी छन । भने रघुगंगा गाउँपालिका प्रमुखमा माओवादी केन्द्रकी मीना विक र बेनी नगरपालिकाको मेयरमा राप्रपाकी मिना शर्माले मनोनयन दर्ता गरेका छन ।
त्यसैगरी उपप्रमुखमा पनि महिला आर्कषण ह्वात्तै बढेको छ । ६ पालिकाको उपप्रमुख पदमा २२ जना महिलाको मनोनयन दर्ता भएको छ । बेनीनगरपालिका र मंगला गाउँपालिका उप्रमुखमा ६–६ जना, मालिका गापामा ५ जना, रघुगंगा गापामा २ जना, अन्नपूर्ण गापामा ३ जना र धवलागिरी गापामा १ जना महिलाको उम्मेदवारी परेको छ ।
‘०७४ साल स्थानीय तह निर्वाचन संघियतापछिको पहिलो निर्वाचन भएकोले सवैमा अन्यौल थियो । अहिले सवैजना स्थानीय तहमा श्रोत र शक्ति देखेका छन । त्यसैले स्थानीय तहमा पुरुषको मात्र होईन महिलाहरुको पनि आर्कषण बढेको हो’ महिला अधिकारको क्षेत्रमा सकृय बेनीकी दीलमायाँ विटालुले भनिन, ‘दलको संख्या बढ्नु र महिला शसक्तिकरण बढेकोले पनि प्रमुख पदमा पुग्ने महिला चाहना बलियो भएको हो ।’
जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार ०७४ सालको स्थानीय तह निर्वाचनमा उप्रमुख पदमा जम्मा ९ जना महिलाको मात्र उम्मेदवारी परेको थियो । ०७४ सालमा काँग्रेस–माओवादी केन्द्र र एमाले–राप्रपा गठवन्धनले प्रमुख र उपप्रमुखमा महिला–पुरुष वाँडेर उम्मेदवार बनाएका थिए । तर यस पटको निर्वाचनमा प्रमुख/उपप्रमुख पदमा दलहरु विच गठवन्धन नभएको, एकिकृत समाजवादी र मंगोल नेशनल अर्गनाईजेसन पार्टी थपिएकोले पनि प्रमुख तथा उप्रमुख दुवै पदमा महिलाको उम्मेदवार मनोनयन संख्या बढेको हो ।
त्यस्तै मनोनयन दर्ता गर्नेमा दलित महिलाको संख्या पनि बृद्धी भएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा मुख्य पदमध्य मालिका गापा उपप्रमुखमा एमालेकी खरमायाँ विटालु एक्ली दलित महिला थिईन । यस पटक रघुगंगा गाउँपालिका प्रमुखमा माओवादी केन्द्रकी मीना विक मनोनयन गर्ने एक्ली दलित महिला हुन । उपप्रमुखमध्य मालिका गापामा माओवादी केन्द्रबाट गौरी सेन्चुरी दलित महिला उम्मेदवार बनेकी छिन ।