FLASH NEWS
  • Loading...

म्याग्दी काँग्रेसले सवै पालिकामा प्रमुखकाे नाम टुङ्गायो

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०३ पटक पढिएको
म्याग्दी काँग्रेसले सवै पालिकामा प्रमुखकाे नाम टुङ्गायो

म्याग्दी काँग्रेसले अासन्न स्थानीय तह निर्वाचनका लागि जिल्लाका सवै तहको प्रमुख पदका उमेद्वारकाे नाम टुङ्गाएकाे छ ।

काँग्रेस जिल्ला कार्यसमितिको बैठकले अन्नपूर्ण, धवलागिरी र रघुगंगा गाउँपालिकाको अध्यक्ष तथा अन्नपूर्णको उपाध्यक्षको उमेद्वार छनौट गरेको हो ।

काँग्रेसले रघुगंगा गाउँपालिकामा भवबहादुर भण्डारीलाई दोहोर्याएर उमेद्वार बनाउने भएको छ । अन्नपूर्ण गाउँपालिकामा बलबहादुर तिलिजा, धवलागिरी गाउँपालिकामा प्रेम पुन, बेनी नगरपालिका प्रमुखमा चिरञ्जिवी शर्मा, मालिकाको अध्यक्षमा श्रीप्रसाद रोका र मंगलाको अध्यक्षमा बिरेन्द्र बुढाथोकीलाई उमेद्वार बनाउने भएकाे हाे ।   

त्यस्तै काँग्रेस म्याग्दीले अन्नपूर्ण गापाकाे उपाध्यक्षमा ललिता तिलिजा पुनलाई उमेद्वार छनौट गरेकाे छ । बाँकी पालिकाकाे उपाध्यक्ष पद गठवन्धनसँग छलफलपछि टुङ्गाे लगाउने बताइएकाे छ ।