FLASH NEWS
  • Loading...

पहिलाे चरणमा म्याग्दीमा १५ सयबढी मतदाता थपिए

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८९ पटक पढिएको
पहिलाे चरणमा म्याग्दीमा १५ सयबढी मतदाता थपिए

जिल्लाका अन्नपूर्ण, मालिका र धवलागिरी गापा केन्द्रमा टाेली खटाएर गरिएकाे मतदाता नामावली संकलन शिविरमा १ हजार ५ सय ५८ नयाँ मतदाता थपिएका छन ।

जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार सवैभन्दाबढी मालिका गापामा ८ सयबढी, अन्नपूर्ण गापामा ४ सय ६७ र धवलागिरी गापामा २ सय ३२ जना नयाँ मतदाता थपिएका हुन । कार्यालयले मंसिर १७ गतेदेखी २६ गतेसम्म १० दिन अन्नपूर्ण, मालिका र धवलागिरी गापा केन्द्रमा टाेली रहेर पालिकाभरीका छुटेका र उमेर पुगेका मतदाताकाे नामावली संकलन गरेकाे हाे।

जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले धवलागिरी र अन्नपूर्ण गापामा भाैगाेलिक विकटताले अपेक्षित मतदाता अाउन नसकेकाे बताए । मालिका र धवलागिरीमा संभावित वडाका उम्मेदवारले नै छुटेका मतदाता खाेजीखाेजी गाडीमा ल्याएर मतदाता नामावलीमा सूचिकृत गराएका थिए ।

त्यसैगरी रघुगंगा र मंगला गापामा मंसिर २९ देखी १० दिन त्यसरी नै टाेली रहेर मतदाता नामावली संकलन गर्ने कार्यालयले जनाएकाे छ । बेनी नपामा भने कार्यालय र प्रशासन कार्यालयबाट अध्यावधी गरिने छ । 

जिल्ला निर्बाचन अधिकारी भिम प्रसाद घिमिरेका अनुसार मतदाता नामावली संकलन गर्न पालिकामा खटिने टाेली पालिका मुकाम बाहेक अन्य वस्तीमा भने पुग्ने छैनन । मतदाता अाफै परिचय र याेग्यता खुल्ने प्रमाण लिएर टाेली समक्ष पुग्नु पर्ने छ ।

निर्वाचन कार्यालयका अनुसार ०७७ पुस मसान्तसम्म निर्वाचन अायाेगले सूचिकृत गरेका म्याग्दीका मतदाता संख्या ८० हजार १ सय रहेकाे छ । अहिले जारी मतदाता सूचिकृत अभियनमा संकलित मतदाताकाे विवरणलाइ निर्वाचन अायाेगले स्वीकृत गरेपछि मात्र मतदाता नामावलीमा सूचिकृत हुने छन ।