FLASH NEWS
  • Loading...

जडिबुटी बेच्नेले नसालु पदार्थ खुवाई लुटपाट गरे

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११६ पटक पढिएको
जडिबुटी बेच्नेले नसालु पदार्थ खुवाई लुटपाट गरे

हातखुट्टाको जोर्नी दुख्ने, ग्याष्टीक, गानुगोला हुने रोग निको हुने जडिबुटी बेच्ने भन्दै गाउँ गाउँमा डुल्ने एउटा समुहले महिलाहरुको गरगहना लुट्ने गरेको भेटिएको छ ।
जडिबुटीको तल र औषधी बेच्ने भन्दै आएका दुई जनाले मंसिर १३ गते राती मंगला गाउँपालिका, ४ वरंजा नमुवाकी ५० बर्षिया कमला चोचाङ्गी मगरलाई नसालु पदार्थ खुवाई वेहोस बनेपछि नाक, कान र घाँटीमा लगाएको डेढ तोला सुन, चालिस हजार नगद र साथमा रहेको मोवाईल फोन लुटपाट गरेका छन ।
‘मंसिर १२ गते साँझ छोराको नाम लिएर फोन गरे । तपाईको घुँडा दुख्ने समस्या रहेछ । हामीले औषधी लिएर आएका छौं भने । साँझ ५ बजेतिर घर आए । राती भयो आज यहीं बस्छौं भन्दै बास बसे । राती कुखुरा काट्न लगाई मासुभात खाएर सुते । १३ गते दिनभर घरमै बसे । औषधी बेच्न आएको भन्छौ दिनभर किन बस्यौ भन्दा आज थकाई लागेको छ, भोलीदेखी वेच्न जाने भनेका थिए । साँझ ६ बजेतिर प्लास्टिकबाट सेतो धुलो झिकेर पानीमा घोले । घुँडा दुख्ने निको हुन्छ, शरिरलाई आसाम हुन्दै भन्दै खान दिए । मैले पिएँ, त्यसपछि के भयो थाहा पाईन’ विहिवार प्रहरी कार्यालयमा छोरीहरुको साथ लिएर घट्नाको उजुरी गर्न आएकी चोचाङ्गीले घट्नाको वेलिविस्तार लगाईन ।
मंगलवार दिउँसो मानसिक सन्तुलन गुमाई शरिरमा कुनै कपडा नलगाई गाउँ डुलेको अवस्थामा फेला परेकी ति बृद्धालाई स्थानीयले फेलापारी सोधपुछ गर्दा घरमा पाहुना वसेका ब्यक्तिले केही सेतो पदार्थ पानीमा मिलाई खान दिएको र त्यसपछि आफुले केही थाहा नपाएको बताएपछि वल्न जडिबुटी ब्यपारीको भेषमा लुटेरा गाउँ पसेको थाहा भएको थियो ।
‘आमा मानसिक सन्तुलन गुमाई शरिरमा कुनै कपडा नलगाई गाउँ डुलेको अवस्थामा फेला परेको सुनेपछि म माईती घर आउँमा आमा पूर्णचेतमा हुनहुन्थेन । बुधवार बेनी अस्पतालमा ल्याई उपचारपछि अहिले धेरै सुधार भएको छ’ छोरी सुकमायाँ थापाले भनिन, ‘गाउँमा एक्लै महिला मात्र बस्नु झन असुरक्षित भयो ।’
वरंजा नमुवा भन्ने ठाउँ गाउँदेखी अलि पर एकान्तमा छ । जडिबुटी ब्यापार गर्ने भन्दै गाउँ डुलेका लुटेराले दिनमा हाडजोर्नी र पेटका विरामी ति महिला घरमा एक्लै रहेको, छोरा विदेश रहेको, छोरीहरु विवाह गरी गएको समेत सवै विवरण पत्ता लगाई बास बस्ने निहुँ गराएका थिए । जडिबुटी वेच्ने बाहनामा लुटेरा गाउँ पसेको थाहा भएपछि स्थानीयले गाउँमा खोज्ने र छिमेकी गाउँहरुमा हुलियासहित सचेत गराएका थिए । सोही जानकारी अनुसार लुटपाटगरी भागेका लुटेराहरुलाई बेनी नगरपालिका, ३ भकिम्लीको मुसुङडोले गाउँमा डुलिरहेको अवस्थामा स्थानीयले सुर्खेत घर र सर्पबहादुर सिं नाम बनाएने एक जनालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।
‘जडिबुटी ब्यापारीको आवरणमा गाउँमा लुटेरा पसेको देखियो । पीडित आफै उपस्थित भै जाहेरी दिएकी र आरोपित मध्यका एक जना पक्राउ परेका छन । घट्नाको थप अनुसन्धान सुरु गरेका छौं’ जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रहेका प्रहरी निरिक्षक विरेन्द्र गुरुङ्ले भने, ‘यस्ता ब्यक्तिबाट सवै सचेत हुनु जरुरी छ ।’