FLASH NEWS
  • Loading...

मंगलाको अर्मन स्वास्थ्य चौकीलाई इसिजी मेसिन सहयोग

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०५ पटक पढिएको
मंगलाको अर्मन स्वास्थ्य चौकीलाई इसिजी मेसिन सहयोग

म्याग्दीको मंगला गाउँपालिका १ निबासी कृष्ण बहादुर शेरपुन्जाले दक्षिण कोरियामा संकलन गर्नुभएको रकमले अर्मन स्वास्थ्य चौकीलाई १२ लिड इसिजी मेसिन सहयोग हस्तान्तरण गरिएको छ ।

सोमबार एक कार्यक्रमका बिच शेरपुन्जाका बुवा बल बहादुर शेरपुन्जाले गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाको उपस्थितिमा अस्थायी कोभिड अस्पताल मंगलाका डा. रोशनी पुर्जालाई हस्तान्तरण गरेका हुन। 

हाल दक्षिण कोरियामा रहनुभएका शेरपुन्जाको नेतृत्वमा त्यहाँ रहेका मंगलाबासीहरुबाट संकलन भएको रु २ लाख २४ हजार ५ सय ११ रुपैयाँ मध्य १ लाख ७० हजारमा उक्त मेसिन खरिद गरिएको थियो । बाँकी रहेको ५४ हजार ५ सय ११ रुपैयाँ रकम स्वास्थ्य सामाग्री तथा मेसिन औजार खरिदमा प्रयोग गर्ने गरि स्वास्थ्य चौकीलाई नै प्रदान गरिएको छ ।