FLASH NEWS
  • Loading...

‘गुलाब’चक्रवातको असरले वर्षाको सम्भावना

  • पुनहिल डट कम
  • २ साल अघि
  • ६६ पटक पढिएको
‘गुलाब’चक्रवातको असरले वर्षाको सम्भावना

|Transparent umbrella under rain against water drops splash background. Rainy weather concept.

बंगालको खाडीमा विकसित ‘गुलाब’ चक्रवातको प्रभावले आज मुलुकभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गुलाब चक्रावतको नेपालमा खासै असर नपरे पनि मौसममा बदली र देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ८ गते बंगालको खाडीबाट विकसित भएको ‘गुलाब’ नामक शक्तिशाली चक्रवात असोज १० गते भारतको उडिसामा जमिनमा अवतरण भएको छ । उक्त चक्रवात अहिले न्यून चापीय क्षेत्रका रूपमा पश्चिमतर्फ अगाडि बढिरहेकाले त्यसको अप्रत्यक्ष परिधीय असरले नेपालमा आंशिकदेखि सामान्यसम्म मौसम बदलीको अवस्था हुन सक्ने तर भारी वर्षा हुने सम्भावमा छैन ।