FLASH NEWS
  • Loading...

गण्डकी र सुदुर पश्चिमका एक /दुई स्थानमा भारि वर्षाको सम्भावना

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६५ पटक पढिएको
गण्डकी र सुदुर पश्चिमका एक /दुई स्थानमा भारि वर्षाको सम्भावना

|Transparent umbrella under rain against water drops splash background. Rainy weather concept.

मौसम पूर्वानुमान महाशाखाले आज देशभर देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती गण्डकी र सुदुर पश्चिम प्रदेशका एक /दुई स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको जनाएको  छ।

भारतको उत्तर प्रदेश (यूपी) आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले सुप र लुम्बिनीमा भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको हो ।

महाशाखाले भारी वर्षा हुने स्थानको पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव को जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मौसम विश्लेषण (Meteorological Analysis)

हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल  सुदुर पश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराई भू-भागमा आंशिक बदली रहेको छ ।

 २०७८ आश्विन  गते (सोमबार)

दिउँसोदेशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदुर पश्चिम प्रदेशका एक /दुई स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको छ।