FLASH NEWS
  • Loading...

मनसुन पुनः सक्रिय, २ दिन भारी वर्षाको सम्भावना

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८० पटक पढिएको
मनसुन पुनः सक्रिय, २ दिन भारी वर्षाको सम्भावना

लगातार वर्षासँगै  जन धनको क्षति गराएर केही दिन थामिएको झरी फेरि सुरु भएको छ । पछिल्ला दिनमा हल्कादेखि मध्यम वर्षा भए पनि आइतबार रातिबाट भारी वर्षा भइरहेको छ । 

सोमबार बिहान गण्डकी, प्रदेश १, २, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा पर्दा पानी परिरहेको हो ।

साेमबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ । गण्डकी प्रदेशसँगै  प्रदेश १, बागमती र लुम्बिनीका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको रहेको महाशाखाले उल्लेख गरेको छ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार पनि धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ । महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

नेपाल सरकार
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
विशेष मनसुन बुलेटिन – ९: मनसुन अपडेट(Monsoon Bulletin 9)
(जारी मितिः २०७८/०५/२१ दिउंसो १२:०० बजे)
 
उत्तर पश्चिमी बंगालको खांडीमा अवस्थित न्युन चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भए संगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना रहेको छ।
आज रातीबाट भोलीसम्म देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने साथै गण्डकी, कर्णाली तथा सुदूर-पश्चिम प्रदेशका थोरै स्थानमा  र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ । 
 
मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध छ।