FLASH NEWS
  • Loading...

राति गण्डकीसँगै बागमतीमा भारी वर्षा हुने

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७७ पटक पढिएको
राति गण्डकीसँगै बागमतीमा भारी वर्षा हुने

बिहीबार आज माैसम प्रतिकूल रहने छ । नेपालमा मनसुनी वायुका कारण बिहान प्रदेश १ का धेरै र प्रदेश २, बागमतीका केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो मुलकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले उल्लेख गरेकाे छ ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

शुक्रबार दिउँसाे प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शुक्रबार राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।