FLASH NEWS
  • Loading...

आज यी स्थानमा ‘भारी वर्षा’ को सम्भावना

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३० पटक पढिएको
आज यी स्थानमा ‘भारी वर्षा’ को सम्भावना

मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा वर्षा परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पाँच वटा प्रदेशमा भारी वर्षा तथा राति तीन वटा प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

दिउँसो प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । आज राति प्रदेश-२, लुम्बिनी र गण्डकी प्रदेशमा अति भारी वर्षाको सम्भाबना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै  स्थानहरु र बाकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।