FLASH NEWS
  • Loading...

आज यी चार प्रदेशमा छ भारी वर्षाको सम्भावना

  • पुनहिल डट कम
  • २ साल अघि
  • २५५ पटक पढिएको
आज यी चार प्रदेशमा छ भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।

भारी वर्षा हुने पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। हाल देशको प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामन्य बदली भइरहेको छ।

२०७८ श्रावण ३१ गते (आईतबार)

दिउँसोदेशका अधिकांश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशका अधिकांश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।