FLASH NEWS
  • Loading...

साउन २७ देखी मनसुन फेरी सकृय हुने, भारी वर्षाको संभावना

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३१ पटक पढिएको
साउन २७ देखी मनसुन फेरी सकृय हुने, भारी वर्षाको संभावना

केही दिनदेखी निस्कृय रहेको मनसनु विस्तारै सकृय हुँदै गएको छ । हाल मनसुन न्यूच चापीय रेगा नेपाल नजिक रहेको र विस्तारै फैलनेक्रममा रहेकोले साउन २७ गते बुधवारसम्म देशभर फैलने संभावना छ । विहिवारदेखी देशैभर् मध्यमदेखी भारी वर्षासम्म हुने संभावना रहेको मौषम पूर्वानुमान महाशाखाले सोमबार साँझ विशेष वुलेटिन प्रकासित गरी जनाएको छ ।

विशेष मनसुन बुलेटिन

मिति २०७८/०४/२७ बाट बिस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने र सो प्रणालीका कारण देशभरी मनसुन सकृय भई बिहिबार देखि केही दिन धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

बिहिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको तथा शुक्रबार, शनिबार  प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनि प्रदेश,  कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसम पूर्वानुमान महाशाखाले उक्त प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध छ।