FLASH NEWS
  • Loading...

स्वास्थ्य सावधानी अपनाउन आनाकानी, बेनी फेरी रेड जोनमा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०५ पटक पढिएको
स्वास्थ्य सावधानी अपनाउन आनाकानी, बेनी फेरी रेड जोनमा

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने भनी सचेत गराईरहँदा सर्वसाधारणले भने स्वास्थ्य सावधानी अपनाउन आनकारी गर्न थालेका छन । त्यसैविच नेपालमा मंगलवार मात्र सवै उमेर समुहमा घातक संक्रमण हुने डेल्टा भाईरसको म्युटेसन एवाई१ पनि पत्ता लागेकोले थप जोखिम बढेको हो ।
बजार क्षेत्रबाहिर एकाध बाहेक कुनै पनि गाउँमा स्थानीय विच मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने भन्ने नै हुँदैन । सदरमुकाम बेनी समेत गाउँबाट बजार झर्दा भने प्रहरीले ‘गाली गर्छ’ भन्दै मास्क लगाउने धेरै छन । स्वास्थ्य सावधानी अपनाउन आनाकानी गर्नेमा ग्रामिण भेगका अशिक्षित सर्वसाधारण मात्र होईन, कर्मचारी, तरकारी, खाद्यान्न, औषधी, दुध/डेरी, मासु पसल समेतका ब्यापारीहरु अगाडी छन ।
‘उपभोक्ताको अतिभिडभाड हुने तरकारी, खाद्यान्न, डेरी समेतका कुनै पनि पसलका ब्यापारीले आफुले मास्क लगाएका हुँदैनन, ग्राहकलाई मास्क लगाउन भन्दैनन । स्वास्थ्य सावधानी अपनाउन ज्यादै लापरवाही बढेको छ’ बेनीकी उपभोक्ता प्रमिला थजालीले भनिन, ‘नपढेका असिक्षितको कुरा छोडौं, पढेलेखेका कर्मचारी, हाकिमहरु, नेताहरुले पनि मास्क लगाउँदैनन, चिया पसल वा रेष्टुरेन्टमा ग्यादरिङ्ग उस्तै हुन्छ ।’
जिल्ला प्रशासन कार्यालयले औपचारिक रुपमा सवै क्षेत्रको निषेधज्ञा हटाई सकेको छैन । व्यवहारिक रुपमा भने शैक्षिक संस्थाहरु बाहेक सवै क्षेत्र खुलेका छन । आर्थिक तथा सामाजिक गतिविधीलाई सकृय बनाउन लक डाउन खुकुलो पारिएको भएपनि कोरोना संक्रमणको जोखिम भने हटेको होईन । तर मास्क लगाउने जस्तो आधारभुत स्वास्थ्य सावधानी अपनाउन समेत आनाकानी गर्ने बढेपछि प्रहरीले ‘खै तपाईको मास्क ?’ अभियान नै थालेको छ ।
‘आफुलाई चेतनशिल प्राणी भने पनि हामी भेडै हौं । तिम्रो स्वास्थ्य जोखिममा छ, मास्क लगाउनुस, दुरी कायम गरिदिनुस भन्दा, पुलिसले लगाए पुग्छ झै गर्छन । व्यापारी, कर्मचारी, नेता, अगुवा सवै उस्तै’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरीनायव उपरिक्षक श्यामकुमार राईले भने, ‘लकडाउन खुकुले भएसँगै स्वास्थ्य सुरक्षा र सामाजिक दुरी कायम गर्ने कुरा लथालिङ्ग वन्दै गएको छ । मास्क लगा भनेर दियो, अलिपर पुगेर खल्तीमा घुसार्छ । छ्या, कसरी सुध्रने हामी ।’
कोरोना भाईरसको दोस्रो लहर फैलिएसँगै वैशाख २२ गतेदेखी जारी गरिएको निषेधज्ञा असार १५ पछि खुकुलोहुँदै मसान्तबाट पूर्णरुपमा हटेसँगै कोरोना संक्रमणको दर फेरी बढ्न थालेको छ । असार अन्तिम साता जिल्लामा सक्रिय संक्रमितको संख्या ४० जना मुनी झरेको थियो । दैनिक संक्रमण पनि ४–५ जनामा सिमित थियो । साउन १०–११ मा आईपुग्दा सक्रिय संक्रमित एक सय पुगेको छ, दैनिक संक्रमण १५–१८ जना हुने गरेका छन ।
स्वास्थ कार्यालयका अनुसार सदरमुकाम रहेको बेनी नगरपालिका, वडा नं २ ज्यामरुककोट, ४ सिङ्गातातोपानी, ५ पुलाचौर,भिरमुनी र ७ र ८ वडा रहेको बेनी बजार क्षेत्र कोरोना संक्रमणको रेडजोनमा रहेका छन ।
‘कोरोनाको तेस्रो लहर सुरु हुनु अघि नै संक्रमणको अवस्था भयावह हुने जोखिम बढेको छ । लकडाउन खुकुलो भएसँगै सदरमुकाममा मात्र होईन, दुर्गम धवलागिरीको मुदी, मराङ् क्षेत्रमा पनि कोरोना संक्रमण तिव्र फैलिएको छ’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘हामी जोखिम न्यूनिकरण गर्न माईक्रो तहमा ब्यवस्थापन गरौं भन्छौं । तर अन्य निकाय तयार नै छैनन । यस्तै अवस्था रहे, भदौ भित्र अवस्था विष्फोाटक बन्न सक्छ ।’