FLASH NEWS
  • Loading...

औषधी पसलमा पाईन छोड्यो सिटामोल !

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८८ पटक पढिएको
औषधी पसलमा पाईन छोड्यो सिटामोल !

‘साझा औषधी पसल सेमत बेनी अस्पताल गेटका औषधी पसल चाहरें तर कुनै पसलमा सिटामोल किन्न पाईएन । सवैले सटेज छ, पाईदैन भने’ बेनी नगरपालिका, ८ क्याम्पसचोकी दुर्गा सुवेदीले भनिन, ‘कोरोना भाईरसको महामारीमा घरमै एक दुई पत्ता सिटामोल, जिंक, भिटामिनहरु राखि राख्नु पर्छ भन्छन र किन्न गएको हो । धेरै मुल्य पार्नलाई औषधी पनि लुकाउन थालेछन ।’
दुर्गा सुवेदी एउटा उदाहरण मात्र हुन, हिजोआज औषधी पसलमा मात्र होईन स्वास्थ्य संस्थामा निशुल्क पाईने सिटामोल, भिटामिन सि, डि समेतका पाईन छोडेको छ । नेपाली समाजमा सवै रोगको साझा औषधीको उपाधी पाएको सिटामोल तथा पारा सिटामोल औषधी पसलमा अभाव देखिन थालेको हो । कोरोना संक्रमणको महामारीके वेला सवै भन्दाबढी खपथ भएको औषधी हुन, सिटामोल र जिंङ्क । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो ।
‘औषधी पसलमा मात्र होईन स्वास्थ्य संस्थाहरुमा पनि प्रशस्त सिटामोल पाईदैन । मान्छेहरु त्यसैपनि सिटामोल औषधी माग्न अनउने भएकोले सवै स्वास्थ्यकर्मीलाई औषधी वितरणमा मीतब्ययी बन्न भनेका छौं’ बेनी नगरपालिकाकी स्वास्थ्य संयोजक लिला गौतमले भनिन, ‘असारसम्म पुग्ने औषधी छ ।’
कोरोना संक्रमणहुँदा आवश्यक पर्ने भन्दै हरेक घरमा रुखाखोकी, पखला र ज्वरो आउँदा घरमै प्राथमिक उपचारको रुपमा प्रयोग गर्न सिटामोल, जिंङक समेतका औषधी जोहो गर्न थालेपछि औषधी पसलमा अभाव हुन थालेको हो । कान्तिपुरकर्मी ग्राहक भै सदरमुकाम बेनीका औषधी पसलमा पुग्दा ब्यवसायीले सिटामोल नभएको भन्दै बेनी अस्पतालको इमजेन्र्सीमा जान सुझाएका थिए ।
‘सवै स्वास्थ्य संस्थामा प्रयाप्त भण्डारण नभएपनि सिटामोल समेतका आधारभुत औषधीहरु उपलब्ध छन । तर बाहिर क्लिनिकमा विक्रिकालागी सदरमुकाममा सिटामोल, जिंङ्क र पल्सअक्सिमिटर खोज्दा नपाएपछि पोखराबाट ल्याएको हो’ निजी क्लिनिक समेत रहेका अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य संयोजक समुद्र वरुवालले भने, ‘हिजो सामान्य रुखाखोकी र ज्वरो आउँदा वास्ता नगर्नेले पनि कोरोनाको त्रासले सामान्य अवस्थामा पनि आफुखुसी सिटामोल खाने भएकोले माग बढी भएको हो ।’