FLASH NEWS
  • Loading...

बेनी अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९२ पटक पढिएको
बेनी अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया

तस्वीर : डा. नवराज वास्ताकोटीको फेसवुकबाट

कोरोना महामारीको विच बेनी अस्पतालमा पहिलो पटक आन्द्राका सफल शल्यक्रिया भएको छ ।
शल्यक्रियाको नेतृत्व गरेका डाक्टर नवराज वस्ताकोटीका अनुसार बुधवार पेट दुख्ने र फल्ने समस्या लिएर बेनी अस्पताल आएका जललगा गाउँपालिका, ३ पर्वतका ४२ बर्षिय पुरुषको मरेको सानो आन्द्राको सफल शल्यक्रिया गरीएको हो ।
हर्नियाको भित्र आन्द्रा अड्किएर उक्त आन्द्राको भाग मरेको फेला परेपछि शल्यक्रिया गरी आन्द्राको उक्त भाग काटेर आन्द्रा जोडिएको टिमको नेतृत्व गरेका डा. वास्ताकोटीले बताए । शल्यक्रिया पछि तीन दिन अस्पतालमा निगरानी पछि विरामी शुक्रवार डिस्चार्ज घर फर्केका छन ।
‘बेनी अस्पतालमै आन्द्राको सफल शल्यक्रिया हुन खुसीको कुरा हो । कोरोना महामारी विच डरले घरमै घरमै रोग लुकाएर बस्न जरुरी छैन’ शल्यक्रियाको नेतृत्व गरेका डा. बास्कोटाले भने, ‘यस अघि पनि पाठेघर बाहिर बसेको बच्चा शल्यक्रिया गरी निकाल्ने देखी केही जटिल शल्यक्रिया गरेका थियौं ।’