FLASH NEWS
  • Loading...

कोरोनाले च्यापेपछि वल्न तात्न थाले स्थानीय सरकार

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५० पटक पढिएको
कोरोनाले च्यापेपछि वल्न तात्न थाले स्थानीय सरकार

नयाँ भेरियन्टसहितको कोरोना संक्रमणले च्पाप्दै र थिच्दै लगेपछि अल्तालिएका स्थानीय तह वल्न तात्न थालेका छन ।
समुदायमा भुसको आगो झै भित्रभित्रै थामीनसक्नु गरी कोरोना संक्रमण फैलिएपछि वल्न स्थानीय तहहरु कोभिड अस्पताललाई सक्रिय बनाउने, अक्सिजन समेतका कोरोना उपचार उपकरण थप्ने र छुट्टै थप आइसोलेसन वेड थप्न लागेका छन ।
‘कोरोना संक्रमण विष्फोटक रुपमा फैलिएपछि स्थानीय तह नियमित सेवा वन्द गरी वस्ती तहमा पुगेर कन्ट्रयाक ट्रेसिङ गर्ने र आशंका गरिएका विरामीको स्वाव संकलनमा जुटेका छन’ जिल्ला कोरोना संकट ब्यवस्थापन समिति (डिसिसिएमसी)का संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने, ‘आजसम्म सवैलाई मोटिभेट गरेरै संकट ब्यवस्थापन गरौं भन्ने थियो, अव मोटिभेसनले नहुने देखियो, आक्रमक नै हुने निचोडमा पुगेका छौं । अव ढिला गरे स्थिती नियन्त्रण बाहिर जानसक्छ ।’
जनसंख्याको अनुपातमा सक्रिय संक्रमितको संख्या ह्वात्तै बढेको भेटिएपछि स्थानीय सरकारहरु संक्रमणको चेनव्रेक गर्न भन्दै धमाधम लकडाउन नै रोजेका छन । जिल्लामा रघुगंगा गाउँपालिका बाहेक सवै स्थानीय तहमा लकडाउन गरिएको छ ।
मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाहरुमा सोमबार विहानदेखी अत्यावषेक बाहेकका गाउँपालिका समेत सवै सेवा कार्यालयहरु, यातायात सेवा र भीडभाड हुने सवै कार्यक्रम बन्द गरी लकडाउन सुरु गरेका छन ।
बेनी नगरपालिकाले यस अिघ नै वैशाख २२ गते रातीेदेखी अत्यावशेक सेवा बाहेक बजारसमेत यातायात पूर्ण वन्द गराएको छ । धवलागिरीले २३ गतेदेखी नै सेवा कार्यालयहरु, यातायात र भीडभाड हुने कार्यक्रम बन्द गराएको छ । लकडाउनका विचमा पनि पूर्वाधार विकासका कार्यक्रम भने मजदुरहरु बाहिर समाजमा हिडडुल गर्न नपाउने गरी सवै स्थानीय तहमा सूचारु छन ।
‘गाउँपालिका, वडा र वस्ती तहसम्मै कोरोना संकट ब्यवस्थापन समिति गठन गरी लक्षणसहित विरामी भएका र संक्रमणको जोखिममा परेका ब्यक्तिको पहिचान गर्ने र स्वाव संकलन गरेका छौं’ मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भने, ‘कोरोनाको लक्षण मिल्ने विरामी वस्तीमा धेरै भेटिएकोले घरमै आईसोलेसनमा राख्ने र संक्रमणको चेनव्रेक गर्न लकडाउन रोज्नु परेको हो ।’