FLASH NEWS
  • Loading...

म्याग्दीमा एकैदिन सर्वाधिक ५३ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १ सय ६३ जना पुगे

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२८ पटक पढिएको
म्याग्दीमा एकैदिन सर्वाधिक ५३ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १ सय ६३ जना पुगे

म्याग्दीमा कोरोना संक्रमणबाट शुक्रवार ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ६३ पुगेको छ ।
त्यसैगर शुक्रवार बेनी नगरपालिका, २ का एक ७२ बर्षिय कोरोना संक्रमित बृद्धको पोखरा स्थित मणीपाल शिक्षण अस्पतालमा उपचारक्रममा मृत्यु भएको छ । पछिल्लो दुई हप्तामा जिल्लाका ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
‘वैशाख २१ र २२ गते १ सय १० जनाको स्वाव संकलन गरिएकोमा ५३ जनामा कोरोना पुष्टी भएको रिपोर्ट आएको छ । आज शुक्रवारै एक कोरोना संक्रमित बृद्धको पोखरामा मृत्यु भएको छ’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘संक्रमितको संख्या बेनी नगरपालिकाकै धेरै छ, स्थानीय तहवाईज छुट्याएको छैन ।’