FLASH NEWS
  • Loading...

कोरोना संक्रमण रोक्न वेवास्ता

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०८ पटक पढिएको
कोरोना संक्रमण रोक्न वेवास्ता

कोरोना भाईरस संक्रमणको सुरुआती दिनमा स्थानीय तह, प्रशासन र समुदाय तहमा देखिएको सक्रियता भयावह बन्दै गरेको दोस्रो लहरको म्युटेड भाईरस संक्रमण रोक्न भने वेवास्ता गरेका छन ।
कोरोना भाईरस संक्रमण रोक्न जोखिमयुक्त क्षेत्रबाट आएका ब्यक्तिलाई अलग्गै राख्न गत वर्ष निर्माण गरिएका क्वारिन्टीन (एकान्तबास) यतिवेला छैनन । संक्रमण आशंका गरिएका विरामीलाई समुदायबाट छुट्याई एकान्तमा राख्न बनाईएका आईसोलेसन सेन्टरहरु पनि भौतिक रुपमा कतै छैनन ।
‘गत वर्ष जस्तो क्वारेन्टीन र आईसोलेसन राख्ने भन्ने छैन । लक्षण देखियो भने गाउँपालिकाको कोरोना अस्पताल आउन भनिएको छ । मास्क अनिवार्य प्रयोग, विरामीले परिवार तथा समुदायमा घुलमिल नहुन र तुरुन्त कोरोना परिक्षण गर्न जनप्रीतनिधी, स्थानीय अगुवा र वडा कार्यालय मार्फत सचेत गरेका छौं’ मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले भने, ‘कोरोना अस्पतालमा एक जना डाक्टर र १५ वेड बनाएका छौं ।’
मालिका गाउँपालिकामा मात्र होईन, जिल्लाका सवै स्थानीय तहको अवस्था यस्तै हो । एक लाख जनसंख्या रहेको जिल्लामा पछिल्लो एक हप्तामा मात्र सक्रिय कोरोना संक्रमित ४६ जना पुगेका छन । संक्रमित बढ्ने मात्र होईन उच्च जोखिमयुक्त सहरबाट पनि धमाधम मान्छे गाउँ फर्के हालसम्म उनीहरुको ब्यवस्थापन हुन सकेको छैन ।
बेनी नगरपालिकाले भने लक्षण नदेखिएपनि कोरोना संक्रमण भएका व्यक्तिलाई घरमै क्वारेन्टाईनमा बस्ने तर सदरमुकाम समेत बजार क्षेत्रमा डेरागरी वस्ने परिवारका सदस्य वा घरमा छुट्टै क्वारेन्टाईनमा बस्न नसक्ने व्यक्तिलाई राख्ने २३ बेडको प्रिआईसोलेन स्थापना गरेको छ ।
‘कोरोना संक्रमित भएपनि लक्षण देखिएको छैन भने घरमै एकान्तवासमा राख्ने सरकारी नीति छ । तर सवैलाई घरमै एकान्तवास बस्न नमिल्ने अवस्थाका संक्रमितलाई छुट्टै प्रिआईसोलेसन बनाएका छौं’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘आईसियुमा राख्नु पर्ने विरामी बाहेकका संक्रमितको उपचार र ब्यवस्थापन सम्बन्धीत स्थानीय तहले गर्ने सहमती अनुसार खर्च ब्यवस्थापन गर्न कार्यविधी बनाएका छौं ।’
जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले सहरबाट गाउँ फर्केका हरेक ब्यक्तिको सदरमुकाम बेनीको कालीपुलमा होल्डिङ सेन्टर बनाई अभिलेख लिएर स्थानीय तहले कन्ट्राक ट्रेसिङ गर्ने निर्णय गरेको भएपनि कार्यान्वयन भएको छैन । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्दका सदस्य रहेका रेडक्रस म्याग्दीका प्रतिनिधी सुरत केसीका अनुसार सदरमुकाम बेनीमा लक्षण देखा नपरेका संक्रमितलाई राख्ने प्रिआईसोलेन बनाउन र वेड थप गर्न सक्ने क्षमता भएपनि गाउँपालिकामा भने प्रिआईसोलेनको तयारी भएको छैन । सहरको तुलनामा गाउँका घरमा छुट्टै शौचालय, कोठा समेत एकान्तवास बस्ने ठाउँ नहुनेहुँदा हरेक वस्तीमा एक–एक वटा क्वारेन्टाईन आवश्यक छ ।
‘पोखरा, काठमाण्डौबाट घर फर्केका ब्यक्तिको स्वास्थ्य ट्रयाकिङ गर्न कालीपुलमा होल्डिङ सेन्टरमा हरेक स्थानीय तहका एक–एक जना प्रतिनिधी मार्फत ट्रयाकिङ गरी क्वारेन्टाईनमा राख्न सुरु भएको छ’ प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने, ‘बेनी अस्पतालको निर्माणाधिन भवनका ४ कोठालाई कम्तीमा ३ वटा भेन्टीलेटरसहित कम्तीमा २० वेडको आईसियु संञ्चालन गर्न गर्ने तयारीमा छौं ।’ प्रजिअ अधिकारीले थपे, ‘पढेलेखेका र शिक्षित सहरियाले नै कोरोना रोगको स्वास्थ्य समस्याको गम्भीरतालाई बुझ्न नसकेको र हेलचक्राई गरेको देखिएपछि ट्रयाकिङ गर्नु परेको हो ।’