FLASH NEWS
  • Loading...

म्याग्दीमा मंगलवार एकै दिन थपिए २४ जना कोरोना संक्रमित

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२२ पटक पढिएको
म्याग्दीमा मंगलवार एकै दिन थपिए २४ जना कोरोना संक्रमित

जिल्लामा मंगलवार एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १३ जनाको पिसिआर परिक्षण र ११ जनाको एन्टीजीन टेष्ट गर्दा कोरोना संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार हाल म्याग्दीमा ४६ जना सक्रिय कोरोना संक्रमित पुगेका छन । हिजो सोमबार २ जना स्कुले विद्यार्थी, शिक्षक समेत ६ जनामा कोरोना पुष्टी भएको थियो । पोखरामा सोमबार नै रघुगंगाका ७८ बर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको थियो ।
म्याग्दीको समुदायमा भेरियन्ट कोरोनाको दोस्रो लहर भुसको आगो झै फैलिए पनि ब्यवस्थापनमा उल्लेख्य तयारी देखिएको छैन । संक्रमित बढ्ने मात्र होईन उच्च जोखिमयुक्त सहरबाट पनि धमाधम मान्छे गाउँ फर्के हालसम्म उनीहरुको ब्यवस्थापन हुन सकेको छैन ।
जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले सहरबाट गाउँ फर्केका हरेक ब्यक्तिको सदरमुकाम बेनीको कालीपुलमा होल्डिङ सेन्टर बनाई अभिलेख लिएर स्थानीय तहले कन्ट्राक ट्रेसिङ गर्ने निर्णय गरेको भएपनि कार्यान्वयन भएको छैन ।
‘कालीपुलमा होल्डिङ सेन्टर बनाई स्थानीय तहका एक–एक जना प्रतिनिधी बस्ने र उनीहरुले आ–आफ्ना गापाका ब्यक्तिको विवरण लिएर वडाका जनप्रतिनिधी मार्फत उनीहरुको स्वास्थ्य ट्रयाकिङ गर्ने, क्वारेन्टाईनमा राख्ने योजना छ’ प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने, ‘बुधवारदेखी १०–१० बेडको महिला र पुरुषको आईसोलेसन संञ्चालन गर्ने, बेनी अस्पतालमा कम्तीमा ३ वटा भेन्टीलेटरसहित आईसियु संञ्चालन गर्ने तयारीमा छौं ।’