FLASH NEWS
  • Loading...

म्याग्दीका एक बृद्धसमेत गण्डकीमा कोरोनाबाट एकै दिन ४ जनाको मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३८ पटक पढिएको
म्याग्दीका एक बृद्धसमेत गण्डकीमा कोरोनाबाट एकै दिन ४ जनाको मृत्यु

गण्डकीमा कोरोनाबाट एकैदिन ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २, म्याग्दी र स्याङजाका १/१ जना छन् । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १५ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाबाट मृत्यु हुनेमा मृत्यु हुनेमा म्याग्दी, रघुगंगा गाउँपालिकाका ७८ वर्षीय पुरुषकाे मेडिप्लस अस्पतालमा उपचारका क्रममा सोमबार बिहान उनको मृत्यु भएको हो । उनलाई बैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियाे ।

कोरोनाबाट सोमबारमात्रै कास्कीका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २५ का ९१ वर्षीय पुरुष र पोखरा १ का ५५ वर्षीय महिला छन् । त्यस्तै स्याङजा वालिङ  नगरपालिकाका ५८ वर्षीय पुरुष छन् । उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा सोमबार मृत्यु भएको निर्देशनालय निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । उनलाई बैशाख ११ गतेमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
१०१ संक्रमित थपिए
गण्डकीमा सोमबार थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, लाइफ केयर डायग्नोस्टिक प्रालि, मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परीक्षणमा नयाँ संक्रमित पुष्टि भएका हुन् ।
प्रदेश स्वास्थ्य निदेशनालयका अनुसार कोरोना पुष्टि हुनेमा कास्कीकामात्रै ६९ जना छन् । नवलपरासी पूर्वका १२ जना, पर्वतका ५, तनहुँ ५, म्याग्दी ५, स्याङजा ३, लमजुङ २ र छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ८३८ पुगेको छ । मृत्यु हुनेको संख्या २ सय १५ छ ।