FLASH NEWS
  • Loading...

स्वास्थ्य सुरक्षा अपनाउन प्रशासनद्धारा पुन:मापदण्ड जारी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५४ पटक पढिएको
स्वास्थ्य सुरक्षा अपनाउन प्रशासनद्धारा पुन:मापदण्ड जारी

कोरोना दोस्रो लहर फैलिएको र सवैले कोरोना संक्रमणको जोखिम अन्त्य नहुादै स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा हेलचक्र्याई गरेपछि रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले मास्क लगाउने, भौतिक दुरी कायम राख्ने समेतका मापदण्ड जारी गरेको छ ।
प्रशासन कार्यालयले वुधवार सूचना प्रकाशित गरी कोरोनाको दोस्रो लहरबाट संक्रमण न्युन गर्न वैशाख मसान्तसम्म धार्मिक स्थलमा नित्यपुजा बाहेक धार्मिक गतिविधी गर्न, खेलकुद तथा मेला महोत्सव गर्न रोक लगाएको छ ।


त्यसैगरी सर्वसाधारणले घर वाहिर निक्लदा अनिवार्य मास्क प्रयोग गर्न, ब्यवसायीेले पसलमा रहादा आफुले र आउने ग्राहकलाई अनिवर्या मास्क प्रयोग गर्न लगाउने, सार्वजनिक यातायतामा दुरी कायम गरी यात्रुलाई मास्क अनिवार्य गर्ने, होटल, रेष्टुरेन्ट वेलुकी ८ बजेपछि नखोल्ने, ग्राहकलाई मास्क प्रयोग गर्न लगाउने र समय समयमा होटल तथा रेष्टुरेन्ट डिस्इफ्क्सन गराउन पनि सुझाएको छ ।
न्वारन, विवाह, व्रतवन्ध तथा मृत्युसंस्कारका कार्यक्रममा २५ जनाबढीको भिड नगराउन पनि भनेको छ ।