FLASH NEWS
  • Loading...

विनयजंग बस्नेत ५० हजार धरौटीमा रिहा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३७ पटक पढिएको
विनयजंग बस्नेत ५० हजार धरौटीमा रिहा

सपना रोका मगरलाई अभद्र ब्यवहार तथा सामाजिक सञ्जालमा गालीगलौज गरेको मुद्दामा पक्राउ परेका विनयजंग बस्नेत धरौटीमा छुटेका छन् ।

२४ दिन हिरासतमा बसेका बस्नेतलाई बुधबार जिल्ला अदालत काठमाडौंले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनीसँग अभद्र व्यवहारमा १० हजार र साइवर अपराधको मुद्दामा ४० हजार रुपैयाँ धरौटी माग गरेको थियो।

विनयविरुद्ध सपनाले माघ १९ गते प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्। प्रहरीले उनलाई काठमाडौँको गोंगबुबाट फागुन ४ गते पक्राउ गरेको थियो।