FLASH NEWS
  • Loading...

नेकपा खारेजसम्बन्धी फैसलाबारे सर्वोच्चको पत्र निर्वाचन आयोग पुग्यो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १६२ पटक पढिएको
नेकपा खारेजसम्बन्धी फैसलाबारे सर्वोच्चको पत्र निर्वाचन आयोग पुग्यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी विवादमा गरेको फैसला/आदेशबारे सर्वोच्च अदालतले पठाएको पत्र निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले विज्ञप्ति जारी गरी सर्वोच्चको पत्र दर्ता भएको जानकारी दिएको हो।

सर्वोच्चले आज तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई दर्ता गरेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) लाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई खारेज गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिने फैसला सुनाएको थियो। यससँगै केपी शर्मा ओली र पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपा खारेज भएको छ।

सर्वोच्चले तत्कालीन एमाले र माओवादी केन्द्र नामको दल यथावत कायम हुने ठहर गरेको हो। सर्वोच्चले उक्त फैसला कार्यान्वयनका लागि आजै आयोगमा पत्र पठाएको थियो। आयोगले सो पत्र दर्ता भएको साँझ विज्ञप्तिमार्फत जानकारी दिएको हो।