FLASH NEWS
  • Loading...

फागुन २७ र २८ गते बेनीमा नेपाल मगर विद्यार्थी संघको राष्ट्रिय भेला

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२९ पटक पढिएको
फागुन २७ र २८ गते बेनीमा नेपाल मगर विद्यार्थी संघको राष्ट्रिय भेला

नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला फागुन २७ र २८ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा हुने भएको छ ।

 

अध्यक्ष बिष्णुकुमार थापाले फागुन २७ र २८ गते हुने भेलामा मातृभाषामा पठनपाठन, निशूल्क उच्च शिक्षाको व्यवहारिक कार्यान्वयन, स्वायत्त विश्व विद्यालय स्थापना, शैक्षिक गुणस्तर सुधार र रोजगारमुलक शिक्षा, लोक सेवा आयोगको विज्ञापनलाई समावेशी बनाउने आर्थिक राजनीतिक लगायतका विषयमा छलफल गरिने जानकारी दिए ।

 

कोभिडका कारणका देशभरबाट चारसय जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेने भेला जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन गरिने भएको छ । भेलामा प्रदेश समितिका २८ जना, जिल्ला समितिबाट १ सय ३२ जना विश्वविद्यालयको १४ जना लगायतका स्वयमसेवकहरुको उपस्थित हुने छ ।