FLASH NEWS
  • Loading...

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सम्पन्‍न, वार्ता सकारात्मक

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३५ पटक पढिएको
सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सम्पन्‍न, वार्ता सकारात्मक

सरकार र विप्लव समूहबीचको वार्ता सकिएको छ। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पहिलोचरणको वार्ता सम्पन्‍न भएको जानकारी दिएका हुन्।

“नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच पहिलोचरणको वार्ता आज बिहान सम्पन्‍न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु,” भट्टराईले सामाजिक सञ्‍जाल फेसबुकमार्फत जानकारी दिएका छन्।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’नेतृत्वको सरकारी वार्ता टोलीमा डा. भट्टराई सदस्य छन्। त्यस्तै, विप्लव नेतृत्वको नेकपाबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँगै उदयबहादुर चलाउने ‘दीपक’ वार्तामा सहभागी थिए।