FLASH NEWS
  • Loading...

दोस्रो चरणको वार्तापछि प्रकाण्ड पुगे गृहमन्त्रीको क्वार्टर

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७४ पटक पढिएको
दोस्रो चरणको वार्तापछि प्रकाण्ड पुगे गृहमन्त्रीको क्वार्टर

प्रधानमन्त्री निवास बालुवाटारमा दोस्रो चरणको वार्ता सकेपछि नेत्रविक्रम चन्द विप्लव समूहका  वार्ता टाेलीका संयाेजक खडक बहादुर बिश्वकर्मा (प्रकाण्ड ) र सदस्य उदय चलाउने पुलचोकस्थित गृहमन्त्रीको क्वार्टर पुगेका छन्।

स्रोतका अनुसार दोस्रो चरणको वार्ता सकेपछि लाजिम्पाटमा करिब डेढ घण्टा समय बिताएर निस्केको प्रकाण्डको टोली साँझ ७ बजे मन्त्री क्वाटरमा बजे प्रवेश गरेको थियो ।

बा१८च ३९३४ नम्बरको गाडीमा चढेर गृहमन्त्रीको क्वार्टर पुगेका प्रकाण्ड र गृहमन्त्री थापाबीच करिब ४५ मिनेट कुराकानी भएको स्रोतले बतायो । यद्यपी कुराकानीमा के भयो भने खुलाइएको छैन् ।

सरकार र विप्लव समूहबीच बुधबार बिहान पहिलो चरणको र साँझ दोस्रो चरणको वार्ता सम्पन्न भएको छ। सरकार र विप्लव समूहबीच वार्ता चलिरहेको बेला यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बिषय केन्द्रीत भएको भन्दै दुवै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको बताएका छन् ।

यसअघि गृहमन्त्री थापाले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको उल्लेख गर्दै धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक पुगेको र केही विषयमा छलफल जारी गरेको बताएका थिए । उनले छिट्टै सुखद परिणाम आउने अपेक्षा लिएको पनि बताएका छन्।

सरकारको तर्फबाट गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई साथै बिप्लव समूहको तर्फबाट प्रवक्ता खड्ग बहादुर विश्वकर्मा र उदय चलाउने (दिपक)ले वार्ताको नेतृत्व गरेका छन्। दुवै समूहले मंगलबार वार्ताटोली गठन गरेका थिए । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो । dcnepal.com