FLASH NEWS
  • Loading...

माघ ३० गते सार्वजनिक बिदा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १६१ पटक पढिएको
Post Thumbnail

मन्त्रिपरिषद् बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ ३० गते सोनाम ल्होछार पर्व परेको छ ।

मन्त्रिपरिषद बैठकले उक्त दिन सार्वजनिक बिदा गर्न लागेको जनाएको छ । तामाङ, ह्योल्मोलगायतका समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।

यसअघि भने कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्तिलगायत पर्वका बिदा सरकारले कटौती गरेको थियो ।

तर यस वर्ष भने मन्त्रिपरिषद् बैठकबारे बिदाबारे निर्णय भएको हो । यसअघि माघे संक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो । पुस १५ मा पर्ने तमु ल्होसारमा भने सम्बन्धित जाति र समुदायलाई मात्रै बिदा दिएको थियो ।