FLASH NEWS
  • Loading...

म्याग्दीका ‘नेचुरल हटस्प्रीङ वाथ’ खुले

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८५ पटक पढिएको
म्याग्दीका ‘नेचुरल हटस्प्रीङ वाथ’ खुले

कोरोना कहरले बन्द भएका यहाँका नेचुरल हटस्प्रीङ स्टीमवाथ सेन्टरहरु दश महिनापछि खुलेका छन ।कोरोनाको डरले बन्द गरिएका यहाँका तातोपानीका पोखरीहरु खुल्ला गरिएसँगै तातोपानीका पोखरीमा डुब्न (हटस्प्रीङ स्पा/वाथ) गरी स्वाश्थ्य लाभ गर्न काण्ठमाण्डौ, पोखरा, बुटवल समेत देशका विभिन्न भागबाट विरामीहरु आउन थालेका छन ।
अर्थोपेडिक औषधीले आजित भएका देशभरका वायुगोला (ग्याँस्टिक), हाडजोर्नी दुखेको, मुटुकोरक्तचाप र छालाका रोगीहरुको यहाँको तातोपानीमा प्राकृतिक उपचारकालागी आउने गरेका छन । तातोपानीमा लगातार दुई घण्टा डुबेपछी बाहिर निक्लेर कम्बलभित्र गुम्सीदै खलखली पसिना निकालेपछि रोग निको हुने विश्वास छ ।
‘विरामी कहिले तातोपानीको पोखरी खुल्ने दिन पर्खेर बसेका थिए । १० महिनादेखी रोकिएका विरामी धमाधम आउन थालेका छन’ सिङ्गा तातोपानी ब्यवस्थापन समितिका मेखी खत्रीले भनिन, ‘पहिला पनि पोखरीमा र तातोपानी क्षेत्रमा आउने विरामीलाई मास्क अनिवार्य गरेका थियौं, अहिले कोरोनाको अवस्थामा त झन कडाई साथ लागु गरेका छौं ।’
गलेको थाकेको शरिरलाई आराम दिन, जोर्नी मर्केको, चोट लागेका विरामीले श्वास्थ्य आरोग्यताकोलागी तातोपानी थेरापी (नेचुरल स्टीम वाथ) वैकल्पिक उपचार पद्धति हो । प्राकृतिक तातोपानीमा डुब्दा हाडजोर्नीको उपचार सित्तैमा हुन्छ । शरिरलाई आराम पनि हुन्छ । परम्परादेखी प्राकृतिक श्वास्थ्य लाभ लिँदै आएका तातोपानीका पोखरीहरु स्वास्थ्य लाभसँगै आर्थिक उपार्जनको थलो बनेका छन ।
पृथ्वीको धेरै तल पुगेको पहाडका ढुङ्गगा भित्री म्याग्माले तातेको ढुङ्गामा पानीको मुल सम्पर्कमा पुग्दा तलको वाफाले धकेलिएर बाहिर तातोपानीको मुहान निक्लने मान्यता छ । यहाँ पाईएका तातोपानी मध्य सवैभन्दाबढी अन्नपूर्ण, ६ रातोपानी स्थित तातोपानीको तापक्रम ७३ डिग्री सेल्सियस, भुरुङ्ग तोापानी ७१ डिग्री, सिङ्गा तातोपानीको तापक्रम ५५ डिग्री रहेको छ ।
जिल्लामा कालीगण्डकी, राहुघाट र म्याग्दी खोला किनारामा ९ स्थानमा तातोपानीका मुहान छन । मुदीबगरा, गुर्जा खोला, सिङ्गा तातोपानी, दर्मिजा र महभीर, रातोपानी, भुरुङ र नारच्याङका तातोपानीका मुलमा अझै परम्परागत शैलीका अस्थाई पोखरी बनाईन नुहाउने र डुबुल्किी मार्ने प्रचलन छ ।
‘स्थानीय पहिल्यैदेखी तातोपानी डुब्दै आउनु भएको थियो, बाह्य पर्यटककालागी पनि नेचुरल हटस्प्रीङ स्टीमवाथ सेन्टरहरु खुल्ला गरेका हौं’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले भने, ‘पोखरीमा डुब्दापनि मास्क अनिवार्य प्रयोग गरे तातोपानीले जाडोमा सवैलाई राम्रो गर्छ, कोरोनापनि चिसोमा बढी सक्रिय हुने हुँदा हटस्प्रीङ उपयोगी छ ।’