FLASH NEWS
  • Loading...

काममा फर्कन थाले ठेकदार

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८७ पटक पढिएको
काममा फर्कन थाले ठेकदार

कोरोना कहरदेखाएर जिल्लाका विभिन्न निर्माणाधिन योजना अलपत्र छोडेर सम्पर्क विहिन बनेका निर्माण ब्यवसायीहरु सर्वत्र दवावपछि काममा फर्कन थालेका छन ।
सडक, जलबिद्युत, प्रशारण लाइन, सबस्टेशन, भवन र मोटर पुल समेतका रुग्ण १७ वटा आयोजनामध्य आधाबढी काममा फर्केका हुन । तर काममा फर्केपनि पूर्ण क्षमतामा उपकरण तथा जनशक्ति भने परिचालन गरेका छैनन । म्याग्दीमा सञ्चालित अधिकांश ठूला आयोजना संघबाट प्रदेश सरकारमा हस्तान्तरित हुन् ।
योजनाको निर्माण सम्पन्न गरीसक्नु पर्ने म्याद गुज्रेपनि पटक–पटक म्याद थप्दै बसेका निर्माण ब्यवसायीमाथी संञ्चारमाध्यम, स्थानीय, प्रदेश र संघिय सरकारका विभिन्न मातहत मार्फत काममा फर्कन चर्को दवाव परेपरेको थियो । संञ्चारमाध्यममा विषय उठान भएपछि योजना आयोग, भौतिक मन्त्रालय समेत प्रधानमन्त्र कार्यालयमा गुनासो पठाएपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेल तथा प्रधानमन्त्रीका विकास सल्लाहकार जगेन्द्र थपलियाको टोली तिहार लगत्तै ढिलासुस्तिले थलिएका र समस्याग्रस्त आयोजनाहरुको स्थलगत निरिक्षण गरी ब्यवसायीलाई तुरुन्त आयोजनामा फर्कन निर्देशन दिएका थिए ।
‘केही निर्माण ब्यवसायीहरु आ–आफ्नो साईटमा फर्केका र काम थालेको देखिएको छ । साना योजनाका ठेकदार साईटमा परिचालित देखिएपनि ठूला ठेकदारले पूर्ण परिचालित छैनन । केहीले विस्तारै जनशक्ति र उपकरण थप्दै लान्छौं भनेका छन’ जिल्ला समवन्यय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले भने, ‘बेनी–दरवाङ कालोपत्रे, बेनी–जोमसोम कालोपत्रे, पोखरे–चित्रे सडक कालोपत्रे गर्ने काममा ठेकदारले पूर्ण क्षमतामा परिचालित छैनन । गलेश्वर–भगवती सडक समेत अन्य केही योजनाका ठेकदार अझै काममा फर्केका छैनन ।’
प्रतिनिधी सभाका वहालवला सांसद संञ्चालक रहेको समानन्तर कन्ट्रक्सनको लामा–समानन्तर जेभीले चर्को देवावपछि एउटा डोजर पठाएर बेनी नगरपालिका, ४ सिङ्गामा परिचालन गरेको छ । पूर्ण क्षमतामा परिचालित नहुँदा निर्माण ब्यवसायीमाथी आशंका यथावत छ । ०७६ माघ ४ गतेभित्र सम्पन्न गर्नु पर्ने योजनाको दोस्रो म्यादबाट ०७७ असोज मसान्तसम्म सक्नु पर्ने थियो । पूर्वाधार विकास कार्यालय बेनीका अनुसार भौतिक प्रगति ४० प्रतिशत हाराहारी मात्र छ ।
त्यस्तै बेनी–दरवाङ सडकको दोस्रो खण्डको दुखुखोला–दरवाङ ६.८ किलोमिटर खण्डमा पनि छुट्टै निर्माण ब्यवसायीबाट स्तरवृद्धी र कालोपत्रे गर्ने ठेक्कामा काम भैरहेको छ । यस खण्डमा पनि ब्यवसायीले पूर्ण क्षमतामा परिचालन भने भएको देखिदैन ।
त्यस्तै दुई वर्ष अघि नै निर्माण भैसक्नु पर्ने मालिका गाउँपालिका, ६ रातोढुङ्गा (दरवाङ्ग)मा निर्माणाधिन ३३/११ केभि सवस्टेसनमा पनि बल्न निर्माण ब्यवसायी परिचालित भएका छन । मंगला, मालिका र धौलागिरी गाउँपालिका क्षेत्रमा केन्द्रीय प्रशारण लाईनको विजधुत आपूर्ति सहज बनाउन विधुत प्राधिकरणको आयोजना ब्यवस्थापन सन् २०१८ डिसेम्बर भित्र सम्पन्न गर्नेगरी ए टु जेड इन्जिनियरिङलाई सन २०१६ मा ठेक्का दिएको थियो ।
‘म्याग्दीखोलाको किनारै किनार निर्मित बेनी–दरवाङ सडक र खोला तटिय क्षेत्रमा निर्माणाधिन योजनाहरुमा पछिल्ला १२–१५ दिनयता फाट्टफुट्ट काम सुरु हुन थालेको देखिन्छ । उपकरण र जनशक्तिको संख्या हेर्दा उत्साहजनक नभएपनि अव ठेकदार काममा फर्किन्छन की भन्ने आशा जागेको छ’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन, ‘अघिल्लै वर्ष कालोपत्रे हुने भनेको सडक अझै चौडा बनाउने र नाली बनाउने काम सकिएको छैन । यो वर्खाको पहिरोले झन तहसनहस नै बनाएको छ ।’
सवस्टेसनको सिभिल तर्फ कन्ट्रोल विल्डिङ, स्टाफ विल्डिङ र स्वीचार्ड गरी तीन संरचना तथा इलेक्ट्रिक तर्फ पर्वत जललजा गापाको मिलनचोक सवस्टेसनबाट बेनी पश्चिम २२ किमी लामो ११ केभिए प्रशारण लाईनमा ५० प्रतिशत काम भएको आयोजनाले जनाएको छ ।
त्यसैगरी कोरोना त्राससँगै लकडाउन सुरु भएपछि रोकिएको पोखरेवगर–चित्रे १८.५ किलोमिटर सडकको स्तरउन्नत गर्ने कामले गति लिन थालेको छ । निर्माण ब्यवसायी मोतिदान/जयमाता जेभीले प्राविधिक तथा मजदुरलाई कार्यस्थलमा थलमा खटिएका सवै प्राविधिक र मजदुरहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार पिपिई गराई ल्याएको दावी गरेको छ ।


‘लकडाउनले अवरुद्ध भयो । कोरोनाको जोखिम भएपनि माहौल सहज भएकोले काममा फर्केका छौं । बर्खा भत्केका, पहिरो पन्छ्याउने काम भैरहेको छ । सुरु विन्दुबाट वेस विच्छ्याउँदै जाने र काम रोकिएको स्थानबाट माथी भित्ता काट्ने, डिलमुनी फिलिङ गर्ने र प्रोटेसनका काम पनि अगाडी बढाउने गरी कामको तालिका मिलाएका छौं’ सडक स्तरवृद्धि कामको ठेक्का पाएको मोतिदान/जयमाता जेभीका संञ्चालक ब्यवसायी गौतम भुषालले भने, ‘उपकरण, जनशक्ति समेत सवै वलवुताले भ्याएसम्म फुलफेजमा काम गर्ने गरी अगाडी बढेकाछौं ।’
त्यस्तै लकडाउनसँगै रोकिएका म्याग्दी खोलामाथी निर्माणाधिन बेनी नगरपालिका, ४ तातोपानी र मंगला गाउँपालिका, ४ पखेर जोड्ने १ सय १७ मिटर लामो मोटरपुल तथा मंगला गाउँपालिका केन्द्र बाबियचौर र अर्मनहुँदै बाग्लुङ्गको ताराखोला जोड्ने ८० मिटर लामो मोटर पुलले पनि तिहारपछि गति लिन थालेका छन ।
तातोपानीको पुलको चार वटा पिलर उठाई पुलको स्पान ढलान गर्न सटिङको काम थालिएको छ । बाबियाचौर स्थित पुलको भने आधापुलको पिलर उठाई स्पान ढलान भैसकेको छ । निर्माण रोकिएको अर्कोपट्टीको फाउण्डसन राखी पिलर उठाउने काम भैरहेको छ । निर्माण ब्यवसाय िलुम्बिनी–प्राकृतिक जोभिले दुवै मोटरपुल चैतसम्म पुल तयार पर्ने दावी गरेको छ ।
‘लकडाउन खुकुलो भएको र मुख्यचाडपर्व र खेतीवाली थन्क्याएकोले मजदुरको उपलब्धता बढेकोले पनि हुनसक्छ निर्माणाधिन योजनाहरुले गति लिएको देखिएको छ । सवै निर्माण ब्यवसायीले नझुक्याई मन लगाएर काम गरिदिए धेरै सहज हुने थियो’ मंगला गाउँपालिका प्रमुख सतप्रसाद रोकाले भने, ‘हाम्रा गापाका मुख्य दुई पुल निर्माण पुरा भए अन्य योजनहरु संञ्चालन गर्न सजिलो हुने थियो, लागत पनि ह्वात्तै घट्ने थियो ।’
त्यस्तै बेनी–जोमसोम–कोरला सडकको पहिलो र दोस्रो खण्ड र सोही सडक अन्र्तगत गलेश्वरमा दुई वर्ष देखी अलपत्र मोटर पुलमा पनि निर्माण ब्यवसायी फर्केका छन । कालीगण्डकी करिडोर अन्र्तगत बेनी–जोमसोम–कोरोला सडको सडकको पहिलो २० किलोमिटर खण्डमा शर्मा–युनाईटेड कम्पनीले सानो संख्यामा मजदुर परिचालन गरी काम थालेको छ । आयोजनाको सवैभन्दा कठिन र थोरै भौतिक प्रगति भएको खण्ड पनि यही हो ।