FLASH NEWS
  • Loading...

६ यात्रुलाई कोभिड देखिएपछि हङकङद्वारा नेपाल वायुसेवालाई प्रतिबन्ध

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२४ पटक पढिएको
६ यात्रुलाई कोभिड देखिएपछि हङकङद्वारा नेपाल वायुसेवालाई प्रतिबन्ध

नेपालबाट हङकङ पुगेका ६ जना नेपालीहरूलाई कोभिड देखिएपछि हङकङले नेपाल वायुसेवा निगमको उडानलाई फेरि प्रतिबन्ध लगाएको छ।

हङकङ पुगेका ६ यात्रुमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि हङकङले दुई साताका लागि उडानमा प्रतिबन्ध लगाएको हो।

गत सोमबार निगमले हङकङ उडान गरेको र त्यसमा सवार यात्रुमध्ये ६ जनामा कोरोना पुष्टि भएकोले २ साताका लागि हङकङ सरकारले नेपाल वायु सेवा निगमको जहाजलाई प्रतिबन्ध लगाएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले थाहाखबरलाई जानकारी दिए।

यसअघि पनि हङकङले विभिन्‍न समयमा उडानलाई प्रतिबन्ध लगाउँदै र खुलाउँदै आएको थियो। हङकङले निजी ल्याबको परीक्षणलाई मान्यता नदिने भएपछि निगमले सरकारी प्रयोगशालामार्फत कोभिड-१९ परीक्षण गर्दै आएको थियो। नेपालको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि मात्र निगमले उडान भर्दै आएको थियो।