FLASH NEWS
  • Loading...

नेपालमा थपिए १६ सय कोरोना सङ्क्रमित

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ६७ पटक पढिएको
नेपालमा थपिए १६ सय कोरोना सङ्क्रमित

नेपालमा थप एक हजार ६७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार थपिएका सङ्क्रमितसँगै कूल सङ्क्रमितको सङ्ख्या दुई लाख १८ हजार ६३९ पुगेको छ ।

हालसम्म कोरोनाका कारण एक हजार ३०५ जनाको मृत्यु भएको छ । तीमध्ये एक लाख ९३ हजार ३२५ सङ्क्रमणमुक्त भएका छन् भने हाल देशभर २४ हजार नौ सक्रिय सङ्क्रमित छन् । सत्र हजार २०६ जना होम आइसोलेसनमा छन् । तीन सय ३६ जनाको आइसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा मात्रै ८९९ सङ्क्रमित थपिएका छन् । गत २४ घण्टामा काठमाडौँमा ६८५, ललितपुरमा १६५ र भक्तपुरमा ४९, काभ्रेमा ५६, तनहुँमा ४४, कैलालीमा ४०, बाँकेमा ३९, कास्कीमा ७५, चितवनमा ६१, झापा र रुपन्देहीका ५७/५७, कपिलवस्तु र नवलपरासीमा ३३/३३, नवलपुरमा २८, मकवानपुरमा २५ र पाल्पाका १९ जना कोरोना सङ्क्रमित भएका छन्

काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

हाल मनाङ र मुगुमा एक जना पनि सङ्क्रमित छैनन् ।