FLASH NEWS
  • Loading...

हिमालपारीबाट चल्न थाले लामोदुरीका बस

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०१ पटक पढिएको
हिमालपारीबाट चल्न थाले लामोदुरीका बस

हिमालपारीको जिल्ला मुस्ताङबाट  पोखरा, काठमाण्डौ समेत लामो दुरीका सार्वजनिक यातायातका साधन छुट्न थालेका छन ।
लकडाउन खुकुलो भै सार्वजनिक यातायात खुलेसँगै कोरोना संक्रमण मुक्त मुस्ताङबाट पनि सात महिनापछि दुई यातायात कम्पनीका लामो दुरीका सवारी साधन छुट्न थालेका हुन । लामो दुरीका सवारी साधन संञ्चालन भएसगै मुस्ताङ्गी स्याउ ढुवानी पनि सहज भएको छ ।
‘यात्रु चढाउनु अघि वसका सीटलाई डिस्इन्फेकसन गरी ३२ सिटका वसमा १४ जना मात्र यात्रु राखेर यायातात संञ्चालन सुरु गरिएको कोरला यातायात प्रालिका मोहन केसीले भने, ‘बसले विचमा यात्रु ओराल्ने र चढाउन नपाईने तथा जोमसोम–काठमाण्डौ १७ सय ५० भाडादरलाई बढाई २६ सय २५ पुर्‍याई सवारी संञ्चालन गरिएको हो । तर यात्रु नभएकोले संञ्चालनमा समस्या भएको छ ।’
कोरोना संक्रमण फैलिन रोक्नकालागी सरकारले चैत ११ गतेदेखी लक डाउन गरेसँगै औपचारिक रुपमा सार्वजनिक यातायातका साधनहरु चन्द वन्द भएपनि मुस्ताङमा अधिव हिमपातका कारण अघिल्लो मंसिरदेखी नै लामो दुरीका सवारीहरु चल्न छोडेका थिए । सडकको हिउँ पन्छ्याएर यातायात संञ्चालन गर्न थालेको १५ दिन नपुग्दै लकडाउन भएकोले यातायात अवरुद्ध थियो ।
‘गत वर्षको हिंउदमा हिमपात सुरु भएदेखी नै मुस्ताङबाट लामो दुरीका सवारी साधनहरु चल्न छोडेका थिए । खुल्न नपाउँदै बन्द भयो’ स्थानिय विक्रम थकालीले भने, ‘खाद्यान्न, निर्माण सामाग्री बोक्ने र अत्यावसक सेवामा चल्ने गाडी पनि बर्खाभरी बेनी–बेनी जोमसोम सडक खण्डमा आएको पहिरोले अवरुद्ध भैरहे ।’
बेनी–जोमसोम सडकको ३६ किमी खण्डमा असार १ गतेदेखी १२ गतेसम्म, असार २७ देखी साउन ३० गतेसम्म, भदौ ५ गतेदेखी ८ गतेसम्म, भदौ ३० गतेदेखी असोज १७ गतेसम्म सडकमा पहिरो झरेपछि यातायात अवरुद्ध भएको थियो ।
‘बेनी–जोमसोम सडकको सवैभन्दा कठिन भुगोल रहेको काप्रे भीर खण्डमा विष्फोटन गराई ४ मिटर चौडा र १५ मिटर लामो सिङ्गल लेनको ट्रयाक खुलेसँगै करिव डेढमहिनादेखी अवरुद्ध सोझो यातायात खुलेको छ’ बेनी–जोमसोम सडक आयोजनाका इन्जिनियर आषिश मानन्धरले भने, ‘रुप्से झरना र काप्रेभीरमा सिङ्गल लेन तथा टनिङमा ठूला ट्रकहरुलाई अलि गाहे हुन्छ । केही मिलाउँदै गाडी चलाउन सकिन्छ ।’