FLASH NEWS
  • Loading...

लामो र अन्तरजिल्ला यातायात असोज १ बाट सञ्चालन हुने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९३ पटक पढिएको
लामो र अन्तरजिल्ला यातायात असोज १ बाट सञ्चालन हुने

भदौ १६ गतेबाट सञ्चालनमा ल्याउने भनिएको लामो दूरी र अन्तरजिल्ला यातायात सञ्चालनको निर्णयलाई परिवर्तन गरी आगामी २०७७ असोज १ गतेबाट सञ्चालन गरिने भएको छ ।

नेपाल सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराउनु भएको हो । डा. खतिवडाका अनुसार मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णमा भदौ १६ बाट अन्तर जिल्ला तथा लामो दूरीका सवारी सञ्चालनमा ल्याउने भनिएको थियो ।

कोरोना भाइरसको संक्रमण आजसम्म पनि अघि बढिरहेकाले यातायात सञ्चालनमा अति जोखिम देखिएको हुँदा सो निर्णयलाई सच्याई असोज १ बाट मात्रै उक्त निर्णय कार्यान्वयन गरिने सरकारका प्रवक्ताले जानकारी दिनु भयो ।

यसैगरी सोही मितिको निर्णयमा आन्तरिक हवाई उड्डयान सञ्चालनमा ल्याउने भनिएकोमा त्यसलाई पनि सच्याई आगामी असोज १ गतेबाटै हवाई यातायात पनि सञ्चालन हुने भएको छ ।