FLASH NEWS
  • Loading...

बीमा कम्पनीहरुको साढे ६ अर्ब बढीको आईपीओ आउने, दुई निर्जीवनको पाइप लाइनमा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११० पटक पढिएको
बीमा कम्पनीहरुको साढे ६ अर्ब बढीको आईपीओ आउने, दुई निर्जीवनको पाइप लाइनमा

चालू आर्थिक वर्ष बीमा क्षेत्रको प्राथमिक शेयर (आईपीओ) मा लगानी गर्ने महोल बन्दैछ । हालसम्म पुनर्बीमा कम्पनी सहित ३ बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरिसकेको भएपनि अझै बाँकी रहेका ९ जीवन बीमा कम्पनी र २ निर्जीवन बीमा कम्पनीको आईपीओ आउने भएको हो ।

नौ जीवन र दुई निर्जीवन बीमा कम्पनी गरी ११ बीमा कम्पनीहरुले यस वर्ष ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेका छन् । जीवन बीमातर्फ ५ अर्ब ६५ करोड ५० लाख रूपैयाँ र निर्जीवन बीमातर्फ ६० करोड रूपैयाँ बराबरको आईपीओ आउन लागेको हो ।

नयाँ निर्जीवन बीमा कम्पनीमा अजोड इन्स्योरेन्सले आईपीओ निष्काशन गरिसकेको छ । अजोडको शेयर नेप्सेमा सूचीकृत भएर बिहिबार ४७६ रुपैयाँको हराहरीमा कारोबार भैरहेका छन् । यस्तै नयाँ जीवन बीमा कम्पनीमा रिलायन्स लाइफले ६३ करोड रुपैयाँ बराबरको आईपीओ आज भदौ ४ गते देखि बिक्री सुरु गरेको छ ।

बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीले दुई अर्ब र निर्जीवन बीमा कम्पनीले एक अर्ब रुपैयाँ न्यूनतम चुक्ता पूँजी पुर्याउनु पर्नेछ । त्यस अुनसार बीमा कम्पनीहरुले आईपीओ निकाष्शन गरेका हुन् ।

कुन कम्पनीको कति आउने ?

प्रायजसो जीवन बीमा कम्पनीहरूले आईपिओ निष्काशनको प्रकृया थालिसकेका छन भने रिलायन्स लाइफले आज बिहिबार बिक्री पनि सुरु गरको छ ।

त्यस अनुसार अझै ९ वटा जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशनको लागि थप प्रकृया समेत अघि बढाउदैछन् । कतिपयले साधारण सभाबाट पारित गरेर बिक्री प्रबन्धकको छनौट गरी रेटिङ्ग समेत गराईसकेका छन् ।

९ वटै इन्स्योरेन्स कम्पनीहरूले जारी पूँजीको ७० प्रतिशत अर्थात संस्थापक तर्फको १४ अर्ब ६५ करोड ३ लाख रूपैयाँ चुक्ता पूँजी पुर्याइसकेका छन् । बाँकी ३० प्रतिशत अर्थात ५ अर्ब ६५ करोड ५० लाख रूपैयाँ भने सर्वसाधारणलाई शेयर निष्काशन गरेर पूँजी संकलन गरिनेछ ।

सबैभन्दा धेरै एक अर्ब ७५ करोड रूपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रूपैयाँको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ५० करोड रूपैयाँ पुग्नेछ ।

चुक्ता पूँजी एक अर्ब ५४ करोड रूपैयाँ रहेको ज्योति लाइफले ६६ करोड रूपैयाँ आईपीओ निष्काशन गर्ने तयारी थालेको छ । ज्योति लाइफले २०७४ माघ १० गतेको साधारण सभाबाट जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड रूपैयाँ पुग्नेछ ।

युनियन लाइफले ६४ करोड ५० लाख रूपैयाँ आईपीओ निष्काशन गर्ने तयारीमा छ । एक अर्ब ५० करोड ५० लाख रूपैयाँ चुक्ता पूँजी भइसकेको युनियन लाइफको ३० प्रतिशत आईपीओ निष्काशन पश्चात दुई अर्ब १५ करोड रूपैयाँ चुक्ता पूँजी पुग्नेछ । इन्स्योरेन्सले निष्काशन गर्ने आईपीओलाई रेटिङ्ग कम्पनी इक्रा नेपालले इक्रा एनपि आईपीओ ग्रेड ४ प्लस प्रदान गरेको हो । ग्रेड ४ प्लस रेटिङ्गले कम्पनीको समग्र वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको भन्ने जनाँउछ ।

कम्पनीले यसअघि नै एसबिआइ मर्चेन्ट बैंकिङ्गलाई आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरिसकेको छ ।

यस्तै रिलायबल लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, सानिमा लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स गरी छ वटा कम्पनी ६० करोड रूपैयाँका दरले ३ अर्ब ६० करोड रूपैयाँको आईपिओ निष्काशन गरेर बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्ता पूँजी कायम गर्न जुटेका छन् ।

यी कम्पनीहरूले हाल संस्थापकबाट एक अर्ब ४० करोड रूपैयाँ चुक्ता पूँजी पुर्याइसकेका छन् भने प्रत्येकले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्दा सबै कम्पनीहरूको पूँजी बीमा समितिले तोके अनुसार दुई अर्ब कायम हुनेछ ।

सन नेपाल लाइफले पनि आईपीओको रेटिङ्ग समेत गराइसकेको छ । सन नेपाल लाइफको आईपीओलाई केयर रेटिङ्ग नेपालले ग्रेड ४ दिएको छ ।

निर्जीवन बीमा कम्पनीको ६० करोड रूपैयाँको आईपिओ आउने

नयाँ ३ निर्जीवन बीमा कम्पनीहरु मध्ये अजोड इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ निष्काशन गरिसकेको छ । त्यस अनुसार अब सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स गरी २ निर्जीवन बीमा कम्पनीको ६० करोड रूपैयाँ बराबरको आईपीओ आउनेछ ।

आईपीओ निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ । आईपीओ निष्काशनको अनुमति माग्दै दुबै निर्जीवन बीमा कम्पनीहरु नेपाल धितोपत्र बोर्ड पुगिसकेका छन् । सानिमाको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ भने जनरल इस्योरेन्सको एनआईबीएल क्यापिटल रहेको छ । source-merolagani.com