FLASH NEWS
  • Loading...

गरिमा विकास बैंकको अनलाइन खाता संचालनमा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३४ पटक पढिएको
गरिमा विकास बैंकको अनलाइन खाता संचालनमा

गरिमा विकास बैंकले अनलाइन माध्यमबाट खाता खोल्न सक्ने गरी नयाँ ब्यवस्था सुरु गरेको छ । यस ब्यवस्थाको माध्यमद्धारा बैंकमा संसारको जुनसुकै स्थानबाट पनि सजिलै अनलाइन खाता खोल्न सकिनेछ । अब विदेशमा रहनुहुने सेवाग्राहीले आफै खाता खोली आफ्नै खातामा जम्मा हुनेगरी रकम पठाउन सकिने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले बताए ।
गरिमा विकास बैंकको वेवसाइटमा गएर अनलाइन एकाउन्ट ओपनिङमा गइ उपयुक्त खाताको प्रकार छनौट गरी अनुरोध बमोजिम आफ्नो बिवरण भरी आवश्यक कागजातहरु अपलोड गरि सजिलै आफै आफ्नो खाता खोल्न सकिने बैंकले जनाएको छ ।
लाजिम्पाट, काठमाण्डौंमा प्रधान कार्यालय रहेको गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९१ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको नायव प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बताए ।