FLASH NEWS
  • Loading...

रघगंगा गाउँपालिकाको नीति, कार्यक्रम र बजेट स्वीकृत

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २२२ पटक पढिएको
रघगंगा गाउँपालिकाको नीति, कार्यक्रम र बजेट स्वीकृत

रघुगंगा गाउँपालिकाको आठौं गाउँसभाले आर्थिक बर्ष ०७७/०७८ कालागी नीति, कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।
रघुगंगा गाउँपालिकाको बुधवार सम्पन्न आठौं सभामा अध्यक्ष भववहादुर भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई वाचन लगत्तै निर्णयार्थ प्रस्तुत गर्दा सभाले सर्वसम्मत अनुमोदन गरेको थियो ।

लगत्तै उपाध्यक्ष कमला तिलिजाले प्रस्तुत गरेको ३९ करोड ७४ लाख ३५ हजार २ सय ४० रुपैयाँको बजेट (अनुमानित आयब्यय विवरण) पनी स्वीकृत गरेको हो । जसमध्य चालु तर्फ (प्रशासनीक खर्च) २८ करोड १९ लाख ४५ हजार २ सय ४० र पुँजीगत (विकास तर्फ) आधाभन्दा थोरै अर्थात ११ करोड ५४ लाख ९० हजार विनियोजन गरिएको छ । उपाध्यक्ष तिलिजालाई वाचनमा समस्या भएपछि ‘स्वास्थ्य अवस्था’ ठिक नभएको भन्दै बजेट गाउँसभा सदस्य रिती थजालीले बाचन गरेकी थिईन ।

बजेट बक्तब्यमा कोरोना उपचार तथा रोकथाम कोषमा रु १ करोड बजेट विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रमा रु ५ करोड ७४ हजार बजेट विनियोजन भएको छ । पूर्वाधार तर्फ रु १० करोड ३७ लाख ,  शिक्षा क्षेत्रतर्फ रु १२ करोड ७३ लाख, कृर्षितर्फ रु १ करोड २ लाख, गरिबी निवारणतर्फ रु १२ लाख, उद्यमशिलता, श्रम तथा रोजगार तर्फ रु ६३ लाख , पर्यटनतर्फ रु १२ लाख, पशुपालनतर्फ रु ५८ लाख , वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु ६० लाख, शुसासन तथा संस्थागत क्षमता विकासमा रु ९५ लाख बजेट विनियोजन गरेको छ ।

आ व २०७७-०७८ को नीति तथा कार्यक्रम

गंगा गाउँपालिकाको बजेट बक्तब्य २०७७-०७८