FLASH NEWS
  • Loading...

बेनी नगरपालिकाले आव ०७७/०७८ कालागी ५८ करोड ५५ लाखको बजेट सार्वजनिक

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५६ पटक पढिएको
बेनी नगरपालिकाले आव ०७७/०७८ कालागी ५८ करोड ५५ लाखको बजेट सार्वजनिक

बेनी नगरपालिकाले आगामी आर्थिक बर्ष ०७७/०७८ कालागी ५८ करोड ५५ लाख ४३ हजारको २ सय ६४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
‘कृषी, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनीनगरको मुल आधार’ भन्ने मुल नारासहित बुधवार जिल्ला समवन्यय समितिको सभाहलमा सामाजिक दुरी कायम गरी आयोजना गरिएको बेनीनगरपालिकाको सातौं नगरसभाले नगरप्रमुख हरीकुमार श्रेष्ठले प्रस्तुत गरेको आव ०७७/०७८ कालागी नीति तथा कार्यक्रम अनुमोदन गरेको थियो ।
नगरउपप्रमुख सन्जु बरुवलाले चालु तर्फ ३६ करोड ६१ लाख र पुँजीगत तर्फ १९ करोड ४० लाख रुपैयाँ प्रस्ताव सहित प्रस्तुत गरेको आव ०७७/०७८ को अनुमानित आयब्ययको विवरण सार्वजनिक गरेकी थिईन । उपप्रमुख बरुवालले सार्वजनिक गरेको बजेटमा बेनी नगरपालिकाले आगामी बर्ष ४ करोड ३ लाख २५ हजार आन्तरिक श्रोतबाट आम्दानी गर्ने लक्ष्य लिएको छ । नगरसभा आगामी असार १७ गतेसम्मकालाग िस्थगित गरिएको छ ।
‘बेनी नगरपालिकाको सातौं नगरसभा बुधवार सुरु भै नीति तथा कार्यक्रम अनुमोदन गर्ने र आगामी बर्षको आयब्यय सार्वजनिक गरी स्थगित भएको छ । सभा फेरी असार १७ गते पुन: बस्ने कार्यसूची तयर भएको छ’ प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘आगामी बर्षकालागी प्रस्तावित बजेट नगरसभाले अङ्गीकार गरेको नीति तथा कार्यक्रम पुरा गर्नेगरी अति सन्तुलित र मेहिनत पूर्वक आएको छ ।’
नगर सभामा नगरप्रमुख हरीकुमार श्रेष्ठले प्रस्तुत गरेको बेनी नगरपालिकाको आव०७७/०७८ को नीति तथा कार्यक्रमको पूर्ण अंश :
आदरणीय नगर सभाका सदस्य ज्यूहरु,
सर्वप्रथम बेनी नगरपालिकाको नगर सभाको सातौँ अधिवेशनमा हार्दिक स्वागत गर्दछु ।नेपालको संविधानको भाग(१९, धारा २३० वमोजिम राजश्व र व्ययको अनुमानको व्यवस्था भए अनुरुप आगामी आ।व। ०७७।७८ का लागि बेनी नगरपालिकाको बजेट तथा कार्यक्रम समेतलाई दिशानिर्देश सहितको नीति तथा कार्यक्रम यस गरिमामय सभामा प्रस्तुत गर्न पाउदाँ म ज्यादै हर्षित एवं गौरवान्वित भएको छु । यस अवसरमा राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र र जनजिविका प्राप्तिको आन्दोलनका विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । राष्ट्रिय स्वाधीनता, स्वाभिमान, लोकतन्त्र, संघीयता, जनजिविका, सुशासन र समृद्धि प्राप्तिको आन्दोलनमा क्रान्तिको नेतृत्व गर्नुहुने नेताहरु, घाइते, अपाङ्ग, वेपत्ता, नागरिक समाज, सञ्चार जगत र जनसमुदाय प्रति उच्च सम्मान व्यक्त गर्न चाहान्छु ।
आज सम्म यस नगरपालिकाको विकास तथा समृद्धीमा आ(आफ्नो स्थानबाट अहम् भूमिका निर्वाह गर्ने यहाँका जनप्रतिनिधिहरु, समाजसेवी वुद्धिजिविहरु, नगरपालिकाका कर्मचारीहरु, संवद्ध निकायहरु, विभिन्न संघ संस्थाहरु लगायत सम्पूर्ण नगरबासी महानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्दछु ।यस नगरपालिकामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण रोकथाम, नियन्त्रण र उपचारको कार्यमा योगदान पुर्याउनु हुने स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु, सुरक्षाकर्मीहरु,स्थानीय तहका जनप्रतिनिधिहरु, नागरिक समाज, स्थानीय क्लब, राजनीतिक दल, निजी तथा व्यावसायिक क्षेत्र, सञ्चार जगत र नगरपालिकाको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई राहत उपलब्ध गराउनमा सहयोग गर्नुहुने व्यक्ति तथा संघ संस्थाहरु, नगरपालिकाका स्वास्थ्य संस्थाहरुमा औषधिहरु उपलब्ध गराई सहयोग गर्नुहुने स्वास्थ्य संस्थाहरु तथा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम उपलब्ध गराई सहयोग गर्नुहुने सबैलाई धन्यबाद व्यक्त गर्न चाहान्छु ।
विगतको समिक्षा
नेपालको संविधान, २०७२ बमोजिम सहकारीता, सहअस्तित्व र समन्वयकारी ढंगबाट संघीय राज्य प्रणाली सञ्चालन हुने व्यवस्था अनुरुप राज्यको पुनर्संरचना पछि संघीय र प्रदेश सरकार स्थापना भएको अवस्था र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कार्यान्वयनमा आई सकेको अवस्थामा कार्यक्रमलाई अगाडि बढाउन सहज भएकाले पनि निर्वाचन पछिको तीन वर्षमा नगरलाई आवश्यक पर्ने ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड लगायतका कानूनहरु निर्माण, वडा कार्यालयहरु सम्बन्धित वडाहरुमा स्थापना, विभिन्न वडाहरुमा इन्टरनेटको जडान, नगरका विभिन्न वडाहरुमा बाटो तथा सडकहरुको ट्रयाक निर्माण तथा सडक सुधार, पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार विकास, कृषि तथा पशु तर्फ किसानलाई अनुदान वितरण, लक्षित समुदायका महिलाहरुका लागि विभिन्न सीपमुलक कार्यक्रम सञ्चालन, जनप्रतिनिधि एवं कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम, नगरस्तरीय घुम्ती कार्यक्रम सञ्चालन, नगर क्षेत्रमा रहेका महत्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको खोजि तथा संरक्षण, नगरको समग्र शैक्षिक अवस्थाका बारेमा सरोकारवालाहरुसँग आवश्यक छलफल, आधारभूत तहको नगरस्तरीय परीक्षा सञ्चालन, खरको छानो विस्थापन कार्यक्रम, कार्यालयको आन्तरिक भौतिक तथा प्रशासनिक क्षेत्रमा सुधार लगायतका कार्यहरु सम्पन्न गरेका छौ ।विकास प्रक्रियामा दिगोपना, स्वामित्व र जनसहभागिता अभिवृद्धि गर्न विकेन्द्रित विकास प्रारुप वमोजिम वडा स्तरीय विकास योजना वडा कार्यालय मार्फत सञ्चालन गर्न वडाहरुलाई जनसंख्या,क्षेत्रफल, कर परिचालन र विकासको अवस्थाको आधारमा निश्चित रकमको निस्शर्त विकास अनुदान उपलब्ध गराइएको छ । शिक्षणमा गुणस्तर अभिवृद्धिका लागि शिक्षकले शिक्षण कार्यमा बिताउने समयको सही सदुपयोग गर्न शिक्षक तथा कर्मचारीहरुका लागि विद्युतिय हाजिरी प्रणाली जडान गरिएको छ । खुल्ला मञ्च खेल मैदान निर्माण कार्य सञ्चालनमा रहेको छ ।रामायण पार्क, रावण पार्क लगायतका क्षेत्रको परियोजनाको डि।पि।आर। तयार गरिएको छ । खरको छानो विस्थापन कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भएको छ ।
यसरी तीन वर्षमा राष्ट्रियता, मानव अधिकार, लोकतन्त्र, विधिको शासन, सामाजिक न्याय र समृद्धिलाई ध्यान दिदै नगरपालिकालाई अति आवश्यक कानूनहरु निर्माणका साथै विकास निर्माणका कार्यहरु पनि सँगसँगै अगाडि बढाएका छौ ।
आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम
नगर सभाका सदस्य ज्यूहरु,
बेनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम राज्यको लोककल्याणकारी अवधारणा, संविधानले परिकल्पना गरेको समाजवाद तर्फको यात्रा, नेपाल सरकारले लिएको ूसमृद्ध नेपाल, सुखी नेपालीू बनाउने दिर्घकालीन सोच समेतका आधारमा आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा पछाडि परेकारपारिएका समुदायहरुलाई समेत उच्च प्राथमिकतामा राख्दै र आम नगरबासीको सर्वोपरी हितलाई केन्द्र भागमा राखी तयार पारिएको छ ।
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, विभिन्न विषयगत कानूनहरु, यस नगरपालिकाको आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम, नेपाल सरकार तथा प्रदेश सरकारको नीति कार्यक्रम, पन्ध्रौँ आवधिक योजना, दिगो विकासका लक्ष्यर विभिन्न विषयगत विज्ञहरुबाट प्राप्त सुझावहरु समेतलाई समेटने प्रयास गरी यस नीति तथा कार्यक्रम तर्जूमा गरिएको छ ।
नीतिहरु,
१। कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमको रोकथाम तथा न्यूनिकरणलाई प्राथमिकता दिदैँ संघीय तथा प्रदेश सरकारसँग हातेमालो गर्दै अगाडि बढिनेछ ।
२। कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा अग्रस्थानमा खटीनु भएका यस नगरपालिकाका स्वास्थ्यकर्मी, जनप्रतिनिधिर कर्मचारीहरुको कोरोना बिमा कार्यक्रम सञ्चालन गरिनेछ।
३। नगरको नीति कार्यक्रमलाई संघ र प्रदेशको नीतिसँग तादाम्यता मिलाइनेछ ।
४। संघीय सरकारको समृद्ध नेपाल, सुखी नेपालीूभन्ने नारासँग तादाम्यता हुने गरी आर्थिक विकासलाई प्राथमिकता दिइनेछ ।
५। नगरपालिकाको केन्द्र देखि वडा कार्यालय सम्मको सडकलाई प्राथमिकतामा राखी बाह्रै महिना सञ्चालन हुने व्यवस्था मिलाइनेछ । व्स्तरोन्ति गर्न प्राथमिकता दिइनेछ ।
६। नगर विकासका योजनाहरु निजी, सहकारी, सार्वजानिक र साझेदारीमा सम्पन्न हुने गरी बजेटको व्यवस्था गरिनेछ ।
७। प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् पूर्ण रोजगारी सिर्जना गरी समृद्ध नगरको सपना साकार पारिनेछ।
८। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को मर्म अनुसार प्रत्येक वडा कार्यालयलाई सम्पूर्ण विषयगत क्षेत्रको विकास गर्न थप जिम्मेवारी प्रदान गर्दै अगाडि बढाइनेछ ।
९। लागत प्रतिफल र सामाजिक दायित्वका हिसावले औचित्यपूर्ण योजनाहरुलाई प्राथमिकता दिइनेछ ।
१०। नदी, खोला, ताल तथा जलाधार संरक्षण गरी पर्यावरणीय सन्तुलन कायम गरिनेछ ।
११। नगरको कृषि क्षेत्रकोआधुनिकीकरण र विविधिकरण गर्दै व्यावसायिकरणगर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
१२। ूएक वडा, एक युवा क्लव, एक खेल मैदानू कार्यक्रम मार्फत युवा तथा बालबालिकाको क्षमता विकास गरिनेछ ।
१३। नगरका हरेक योजना तथा कार्यमा महिलाहरुलाई केन्द्रित गरी आर्थिक रुपले सशत्तिकरण गर्दै लैङ्गिक समानता र समावेशी विकासलाई प्रोत्साहन गरिनेछ ।
१४। नगरमा रहेका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास तथा प्रवर्द्धन र सञ्जालीकरण मार्फत पर्यटकीय गन्तव्यहरुको पहिचान गर्दै पर्यटनलाई व्यवसायको रुपमा विकास गरिनेछ ।
१५। राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागसँग सहकार्य गरी यस नगरपालिकाको पञ्जिकरण शाखालाई अत्याधुनिक तबरले व्यवस्थापन गरिनेछ ।
नगर सभाका सदस्य ज्यूहरु,
यस नगरपालिकाको आगामी आर्थिक वर्ष २०७७।०७८ का कार्यक्रमहरु निम्नानुसार पेश गरेको छु ।
क) आर्थिक क्षेत्र
१० नगरपालिका क्षेत्र भित्र रहेका आन्तरिक आयका स्रोतहरुको पहिचान र उचित व्यवस्थापन गरी आन्तरिक स्रोत बढाउँदै लगिनेछ ।
२० स्थानीय तहको एकल अधिकार क्षेत्र भित्र रहेका कर एवम् दस्तुरका क्षेत्रहरुको पहिचान गरी कर सङ्कलन तथा व्यवस्थापनलाई उपयुक्त नीति बनाई स्रोत परिचालन गरिनेछ ।
३० करको दायरा विस्तार तथा राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाइनेछ ।
४० सम्पत्ति करलाई राजश्वको मूल आधारको रुपमा विकास गरिनेछ ।
५० व्यवसाय कर, बहाल कर तथा अन्य स्रोतहरुको लगत अध्यावधिक र म्ष्नष्तष्शभम गर्दै लगिनेछ ।
६० नगर क्षेत्रमा करदाता शिक्षा मार्फत कर तिर्न उत्साहित गरिनेछ ।
७० यसै बर्षबाट करदाता सम्मान कार्यक्रमको सुरुवात गरिनेछ ।
८० जुन क्षेत्रबाट कर उठेको छ उक्त क्षेत्रमा असुल भएको करको २० प्रतिशत सम्म रकम सोही क्षेत्रको पूर्वाधार निर्माणमा खर्च गर्ने गरी प्राथमिकता दिइनेछ ।
९० हालसम्म रहेको करको बक्यौतालाई असुल गर्न तीव्रता दिइनेछ । कर चुक्ता प्रमाण पेश नगरे सम्म नगरपालिकाबाट प्रदान गरिने सम्पूर्ण सुविधाहरु रोक्का गरिनेछ ।
१०० कर तिर्ने दायित्व भएका व्यक्तिले वार्षिक कर एकमुष्ठ रुपमा प्रथम तीन महिना भित्र ९असोज मसान्त० कर बुझाएमा १०५ सम्म छुट दिइने व्यवस्था गरिनेछ ।
११० हाल सम्म रहेको पेश्की तथा वेरुजु फछ्यौट प्रक्रियालाई तिव्रता दिइनेछ ।यसका लागि नगरपालिकाको आर्थिक प्रशासन शाखाको क्षमता अभिवृद्धि गरिनेछ ।
१२० आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन आन्तरिक लेखा परीक्षण र कर परीक्षण कार्यलाई एकिकृत रुपमा आवद्ध गरिनेछ ।
१३० घर बहाल करलाई व्यवस्थित बनाउदै लगिनेछ ।
१४० कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रणतथा उपचार कोष मार्फत् नगर क्षेत्र भित्रका सम्पूर्ण कोरोना प्रभावित नगरबासीहरुलाई क्वारेन्टीन व्यवस्थापन लगायतका आवश्यक सहयोग उपलब्ध गराइनेछ ।
१५० व्यावसायिक रुपमा कृषि तथा पशु जन्य उत्पादन गर्ने कृषकलाई प्रोत्साहित गरिनेछ । साथै कृषि तथा पशु विमा गर्ने किसानहरुलाई विमा प्रिमियम खर्चमा २५५ सम्म अनुदान दिने व्यवस्था गरिनेछ ।
१६० ूएक वडा, एक उत्पादनू कार्यक्रमलाई निरन्तरता दिइनेछ । यसका निम्ति प्रत्येक वडामा कृषिको विशिष्टिकरण गरी पकेट क्षेत्र निर्माण गरिनेछ ।
१७० कृषि क्षेत्रको विकास गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिइनेछ ।
१८० सहकारी संस्थाहरुको दर्ता, नियमन तथा प्रवर्द्धन गरिने कार्यलाई थप प्रभावकारी बनाइनेछ ।
१९० सहकारी, गैरसरकारी र निजी क्षेत्रलाई सामाजिक परिचालन, आय आर्जन र उद्यमशिलता विकासमा परिचालन गरिनेछ ।
२०० अण्डा, दुध र मासुमा आत्मनिर्भर बन्ने खालका कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
२१० तरकारी तथा फलफुल बजार, बधशाला, माछा(मासुका बजारलाई आधुनिकीकरण गरी व्यवस्थित गर्ने कार्यलाई अगाडि बढाइनेछ । यस्ता व्यवसायहरुको वस्तुगत विवरण तयार गरी न्यूनतम मापदण्ड तोक्ने र अनुगमन गर्ने कार्य गरिनेछ ।साथै उपभोक्ता हित संरक्षण गर्न तथा आम उपभोक्ताको चेतनास्तर अभिवृद्धि गर्न विविध कार्यक्रम सञ्चालन गरिनेछ ।
२२० ग्रामीण क्षेत्रका साना खालका सिंचाई योजनालाई प्राथमिकता दिइनेछ ।
२३० प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत परम्परागत विशेषतायुक्त चौतारी, पोखरी र पदमार्गहरुको निर्माण र सुधारमा जोड दिइनेछ ।
२४० स्थानीय तह भित्र रहेका बाँझो जग्गाको तथ्याङ्क संकलन गरी सोको पूर्ण उपयोगको व्यवस्था मिलाइनेछ ।भूमी बैँकको स्थापना गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ ।
२५० नगर क्षेत्र भित्रका सरकारी, सार्वजानिक तथा पर्ति जग्गाको पहिचान गर्ने, अतिक्रमण रोकी संरक्षण गर्ने कार्य अभियानका रुपमा अगाडि बढाइनेछ ।
२६० स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्यमहरुको प्रवर्द्धन गर्न सीपमूलक तालिमको व्यवस्था गरी उत्पादित वस्तुहरुको बजारीकरणको सुनिश्चितता प्रदान गरिनेछ ।
२७० पर्यटन प्रवर्द्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, सम्बर्द्धन र विस्तारमा जोड दिने नीति लिइनेछ ।
२८० गलेश्वर मन्दिर, पुलाश्रमलगायतका क्षेत्रलाई पर्यटकीय हवका रुपमा विकास गर्न विशेष कार्य थालनी गरिनेछ ।
ख) सामाजिक क्षेत्र
१० जीवनोपयोगी, आधुनिक, व्यावसायिक एवं प्रविधियुक्त शिक्षामा जोड दिई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गरिनेछ ।
२० नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान गरी शिक्षकको व्यवस्थापनलाई प्राथमिकता दिइनेछ ।
३० आधारभूत तथामाध्यमिक तहको शिक्षा सञ्चालनका लागि नगर शिक्षा कार्यविधिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी व्यवस्थित गरिनेछ ।
४० निजी तथा संस्थागत विद्यालयहरुले शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई सम्मान गर्दै ती विद्यालयहरुले दिइरहेको सेवालाई प्रभावकारी एवं जनमुखी बनाउन आवश्यक सहयोग र सहकार्य गरिनेछ ।
५० शिक्षा क्षेत्रका विद्यमानमा देखिएका शैक्षिक गुणस्तरको विश्लेषण गरी नगर क्षेत्रमा सञ्चालनमा रहेका विद्यालयहरुको वर्गीकरण गरिनेछ ।
६० शिक्षाको गुणस्तर अभिवृद्धिका लागि समसामयिक शिक्षण विधि तथा कक्षा व्यवस्थापन एवंक्ष्ऋत् को प्रयोग गर्न शिक्षकहरुको क्षमता अभिवृद्धि गरिनेछ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ र अन्य सरोकारवालाहरुको क्षमता अभिवृद्धि गरी विद्यालय सुशासन कायम गरिनेछ ।
७० अंग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्न शुरुवात गर्ने सामुदायिक विद्यालयका नेपाली र अंग्रेजी विषय बाहेकका शिक्षकहरुलाई छोटो अवधिको अंग्रेजी भाषाको तालिम दिइने व्यवस्था गरिनेछ ।
८० शिक्षाको गुणस्तर मूल्याङ्कन र अभिवृद्धि गर्नका लागि यस वर्ष देखि आधारभूत तह९कक्षा ८० को परीक्षाक्भ्भ् ःयमभ िमा परीक्षा केन्द्र तोकी सञ्चालन गरिनेछ ।
९० बीचैमा विद्यालय छोडने प्रवृत्तिलाई निरुत्साहित गर्न विद्यालयको आवश्यक पूर्वाधार निर्माण गर्नुका साथै बालमैत्री शिक्षण बिधि अबलम्बन गरिनेछ ।
१०० हरित विद्यालयको अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुका साथै विद्यालयमा शुद्ध पिउने पानी र उपयुक्त शौचालयको व्यवस्था गरिनेछ ।
११० शिक्षणमा गुणस्तर अभिवृद्धिका लागि शिक्षकले शिक्षण कार्यमा बिताउने समय अभिवृद्धि गर्न विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखिकरण गरी अभिलेख राख्ने पद्धतिको विकास गरिनेछ।
१२० सामुदायिक विद्यालयको भौतिक सुधारका लागि विद्यालय व्यवस्थापन समितिसँग आवश्यक समन्वय गरी क्रमशस् अगाडि बढाइनेछ ।
१३० प्रत्येक वडाबाट उपयुक्त स्थान, पहुँच, पूर्वाधार, विद्यालय व्यवस्थापन समितिको प्रतिवद्धता आदि आधारमा एउटा विद्यालय छनोट गरीूएक वडा एक नमूना विद्यालयू कार्यक्रम लागू गरिनेछ।
१४० प्रौढ कक्षा, वैकल्पिक शिक्षा र साक्षर कक्षाहरु सञ्चालन गर्न विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरिनेछ ।
१५० विपन्नजेहेन्दार दलित विद्यार्थीहरुलाई दिइने छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१६० नगर शिक्षा योजना तर्जूमा गरी आवश्यक कार्यक्रम अगाडि बढाइनेछ
१७० तय गरिएको स्थानीय पाठ्यक्रम अनुसार पाठ्यपुस्तक प्रकाशन गरी नगर क्षेत्रका विद्यालयहरुमा कार्यान्वयनमाल्याइनेछ ।
१८० नगरपालिका क्षेत्रमा पूर्व स्वीकृती बिना सञ्चालन गरिएका निजी छात्रवासहरुलाई नियमन गरी करको दायरामा ल्याइनेछ ।
१९० नगर क्षेत्रमा रहेका सामुदायिक सिकाई केन्द्रलाई थप क्रियाशिल बनाइनेछ ।
२०० राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई थप व्यवस्थित बनाउदै सञ्चालन गरिनेछ ।
२१० म्याग्दी बहुमुखी क्याम्पसको उन्नति तथा प्रगतिमा नगरपालिकाबाट आवश्यक सहयोग गरिनेछ।
२२० प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित गरिनेछ । रोजगार सेवा केन्द्रलाई सबल एवं सक्षम बनाई थप रोजगारीका अवसरको सिर्जना गरिनेछ ।
२३० युवा वर्गलाई स्वरोजगार बनाउन नमूनाका रुपमा सीपमुलक तालिमको सुरुवात गरिनेछ ।
२४० खेलकुदको माध्यमबाट युवाहरुको व्यक्तित्व विकास गर्न नगर क्षेत्रमा रंगशालारकवर्डहल तथा खेलकुद मैदानको विकास र विस्तारलाई प्राथमिकता दिइनेछ ।
२५० लागु औषधदुर्व्यसन तथा कुलतबाट युवाहरुलाई जोगाउन सन्देशमुलक एवं सचेतनामूलक कार्यक्रम सञ्चालन गरी युवाहरुमा सकारात्मक सोच र संस्कृतिको विकास गर्दै लगिनेछ ।
२६० स्थानीय तह, नेपाल प्रहरी र समुदायको सहकार्य र साझेदारीमा अपराध रोकथाम, लागू औषध नियन्त्रण, शान्ति सुरक्षा र जनचेतना अभिवृद्धि गर्न ूसमुदाय प्रहरी साझेदारीू कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
२७० हाल भई रहेका सामाजिक सुरक्षाका व्यवस्थालाई निरन्तरता दिइनेछ । एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित, ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षालाई प्राथमिकता दिइनेछ।ज्येष्ठ नागरिकलाई उपलब्ध गराइने सामाजिक सुरक्षा भत्ता घर(घरमै उपलब्ध गराइने अभ्यासलाई कार्यान्वयनमा ल्याइनेछ ।
२८० विपन्न, असहाय तथा असक्तहरुको सहायता, संरक्षण तथा उद्धार गर्न आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था मिलाइनेछ ।
२९० वडामा छरिएर रहेकका आमा समूहलाई एकीकृत गरी महिला सञ्जाल गठनलाई निरन्तरता दिइनेछ ।
३०० लैङ्गीक हिंसा न्युनिकरण तथा निवारण गर्न र बालबिबाह उन्मुलन गर्न रणनीति एवम् कार्ययोजना बनाई कार्यान्वयनमा ल्याइनेछ ।
३१० नगर क्षेत्रमा रहेका धार्मिक क्षेत्र ९गलेश्वरधाम, पुलाश्रम, जगन्नाथ मन्दिर, कपिलाश्रम, स्वर्गाश्रम, ज्यामरुककोट, बेनीकोट भण्डार, गुफाराम मन्दिर, शिबालय मन्दिर जस्ता धार्मिक तथा साँस्कृतिक सम्पदाहरु० को पूर्वाधार विकास गरी उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय सर्किटको रुपमा विकास गर्न प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरिनेछ ।
३२० तातोपानी क्षेत्रमा रहेको तातोपानीका मुलहरुलाई प्राकृतिक चिकित्साको रुपमा उपयोग गरिने साथै हाल सञ्चालनमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ । तातोपानी बजार क्षेत्रको नालि र सडकलाई व्यवस्थित गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
३३० स्थानीय कला, सँस्कृतिको संरक्षण र संवर्द्धनमा जोड दिइनेछ ।ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वका स्थान तथा सम्पदाहरुको विवरण तयार गरी पुनर्स्थापनाको कार्यलाई क्रमिक रुपमा अगाडि बढाइनेछ । रामायण पार्कलाई डि।पि।आर।का आधारमा संरचना निर्माणको थालनी गरी यसको प्रचार प्रसार गरिनेछ ।
३४० सशस्त्रद्वन्द्वको समयमा भएको बेनी आक्रमण पछिको अवस्था स्मरण गराउने खालको संग्रहालय निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ ।
३५० स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाहरुलाई थप प्रभावकारी बनाउन सरोकारवालाहरुसँग छलफल गर्दै आगामी कदमहरु चालिनेछ ।
३६० स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिहरुको क्षमता विकासका कार्यक्रमहरु केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी सञ्चालन गरिनेछ ।
३७० नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने न्यून आय भएका एच।आई।भि। पीडितलाई यातायात खर्च उपलब्ध गराइनेछ ।
३८० पूर्ण खोपको दिगोपना, आमाशिशु स्याहार कार्यक्रम, पोषण ‍एवम् नियमित खोप कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
३९० ज्येष्ठ नागरिक, अपाङ्ग असहाय वर्गको स्वास्थ्य विमालाई निरन्तरता प्रदान गरिएको छ ।
४०० महामारी नियन्त्रण र व्यवस्थापनका लागि च्बउष्म च्भकउयलकभ भ्mभचनभलअथ ँगलम को व्यवस्था गरिनेछ ।
४१० निश्चित वडामा विशेषज्ञ चिकित्सक सहितको घुम्ति शिविरको माध्यमबाट नगरका जनतालाई दिर्घकालिन रोगहरुको पहिचान र निदान गर्ने व्यवस्था मिलाइनेछ ।
४२० ूएक विद्यालय एक नर्सू कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याइनेछ ।
४३० खानेपानी जनताको अधिकार हो । यसलाई कार्यान्वयनमा ल्याउनूएकघर, एक धाराू कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
४४० हाल भई रहेका खानेपानीका स्रोतहरुको मर्मत सम्भार र सुधार गर्दै लगिनेछ । साथै खानेपानीका मुहान संरक्षण, सम्पन्न योजनाहरुको दिगोपना र संरक्षण तथा संवर्द्धनमा उपभोक्तालाई जवाफदेही बनाइनेछ ।
४५० खानेपानीको वृहत योजनाका लागि संघीय र प्रदेश सरकारसँग समन्वय तथा सहकार्य गरिनेछ।
४६० नगरपालिकाको विकास निर्माण कार्यमा समुदाय, सहकारी, गैरसरकारी तथा निजी क्षेत्र लगायत साझेदार संघसस्थाहरुको सहकार्यलाई आत्मसात गर्दै सहभागितामूलक साझेदारीलाई पश्रय दिइनेछ ।
४७० नगर क्षेत्र भित्र रहेका छाडा पशुहरुको प्रभावकारी व्यवस्थापन गरिनेछ ।
४८० सडक तथा फुटपाथमा हुने अनियन्त्रित गाडी पार्किङ, निर्माण सामग्री तथा पसलहरुको व्यवस्थापन निजी क्षेत्रको सहकार्यमा गरिनेछ ।
ग) वातावरण र विपद व्यवस्थापन
१० नगरलाई स्वच्छ र सफा राख्ने कार्यलाई प्राथमिकता दिइनेछ । सफा सहर निर्माणका लागि ूस्वच्छतथा सफा नगरू कार्यक्रम सञ्चालन गरिनेछ ।
२० सडकका छेउछाउमा बोटविरुवा लगाउने कार्यको सुभारम्भ गरी हरित सडक तथा हरित नगर निर्माणलाई अगाडि बढाइनेछ ।
३० फोहोरमैलाको अल्पकालिन र दिर्घकालिन व्यवस्थापनका लागि फोहोर न्युनिकरण, पुनर्प्रयोग रपुनर्उत्पादन का सिद्धान्तलाई व्यवहार मै कार्यान्वयन गर्न प्राथमिकता दिइनेछ ।
४० फोहोरमैला व्यवस्थित गर्न निजी क्षेत्रसँगको समन्वय र सहकार्यलाई निरन्तरता दिइनेछ ।
५० नगरको ढल निकाशको कार्यलाई व्यवस्थित गरिनेछ ।
६० दैवि प्रकोप तथा महामारीको रोकथाम तथा न्यूनिकरण गर्न संरचनागत तथा संस्थागत सक्षमता अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
७० नदी कटान नियन्त्रणका लागि विभिन्न निकायहरुसँग सहकार्य गरी आवश्यक कदम लिइनेछ ।
घ) पूर्वाधार विकास
१० बेनी नगरपालिकालाई क्रमिक रुपमा स्मार्ट सिटिको रुपमा विकास गर्न आवश्यक पूर्वाधारको तयारी गर्ने नीति लिइनेछ । नेपाल सरकारले अंगिकार गरेको स्मार्ट सिटिका चार आधार स्तम्भहरु ९स्मार्ट नगरबासी, स्मार्ट अर्थतन्त्र, स्मार्ट पूर्वाधार र स्मार्ट शासन० का सूचकहरुलाई अबलम्बन गरी सोही अनुरुपका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
२० बेनी नगरपालिकाको आवधिक योजना, क्षेत्रगत गुरुयोजनाहरु एवं नीतिहरु तयार गरी पूर्वाधार विकासलाई गति दिइनेछ ।
३० संघीय एवं प्रदेश सरकारले तोकेको मार्गदर्शन एवम् राष्ट्रिय भवन संहिताका आधारमा निर्धारण गरिएको भवन निर्माण सम्बन्धी मापदण्डलाई आधार मानि स्थानीय आवश्यकताका आधारमा समग्र शहरी विकास तथा भौतिक पूर्वाधार निर्माणलाई अगाडि बढाइनेछ ।
४० नगरपालिकाको शहरी क्षेत्र ९वडा नं। ७ र ८० मा घर नं। का आधारमा प्रत्येक घरको लगत तयार गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
५० नगर क्षेत्र भित्र रहेको अव्यवस्थित बसोबास व्यवस्थापनका लागि आवश्यक कदम चालिनेछ ।
६० नगर क्षेत्र भित्र पर्यटन, यातायात, खेलकुद, खानेपानी तथा सरसफाईका क्षेत्रमा विकास निमार्ण कार्यलाई सार्वजनिक निजी साझेदारीका आधारमा सञ्चालन गर्न प्राथमिकता दिइनेछ ।
७० नगर क्षेत्रका सबै नगरबासीको पँहुच बढाउन आवश्यकता र औचित्यको आधारमा नयाँ सडकको निर्माण भन्दा भएको सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखिनेछ ।
८० नगरपालिका क्षेत्रमा रहेका खरका छाना भएका घरहरुलाई खरको छाना मुक्त गर्ने अभियानलाई निरन्तरता दिइनेछ ।
९० नगरपालिका क्षेत्रका विद्युतका काठका पोललाई विस्थापित गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
१०० नगरपालिकाले असल निर्माण अभ्यास ९न्ययम ऋयलकतचगअतष्यल एचबअतष्अभ० प्रवर्द्धनको लागि विभिन्न प्राविधिक, जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
ङ) सुशासन तथा सेवा प्रवाह
१० नगरपालिकाका सेवा प्रवाहका कार्यहरुमा पारदर्शिता, आर्थिक अनुशासन तथा सामाजिक न्यायलाई अङ्गिकार गर्दै भ्रष्ट्राचार मुक्त विधिको शासन व्यवस्थाको सुनिश्चितता गरिनेछ ।
२० नगरपालिकाबाट उपलब्ध गराइने सेवालाई सेवाग्राही मैत्री बनाउदै लैजानका लागि नागरिक सहायता कक्ष र कर्मचारीको व्यवस्था गरिनेछ ।
३० ज्येष्ठ नागरिक, गर्भवति महिला तथा अपाङ्गलाई प्राथमिकतामा राखि सेवा प्रवाह गरिनेछ ।
४० स्तनपान तथा बाल शयन कक्ष निर्माण तथा सञ्चालनलाई प्राथमिकता दिइनेछ ।
५० नगरपालिकाको व्यवस्थापन सूचना प्रणाली ९ःक्ष्क्० लाई व्यवस्थित गरिनेछ ।
६० सार्वजानिक सुनुवाई, सामाजिक परीक्षण तथा तेस्रो पक्ष मूल्याङ्कन पद्धतिलाई कार्यान्वयन गरिनेछ।
७० सेवाग्राहीलाई केन्द्रबिन्दुमा राखि मुस्कान सहितको सेवा प्रवाहमा जोड दिइनेछ ।
८० सबै कर्मचारीलाई कार्य विवरण प्रदान गरी सो कार्य विवरणका आधारमा कामको मूल्याङ्कन गरी दण्ड र पुरस्कारको व्यवस्था गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।कर्मचारी सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ। साथै कर्मचारीको योग्यता र क्षमताको आधारमा आवश्यक जिम्मेवारी प्रदान गरिनेछ ।
९० नगरपालिकाको प्रत्येक शाखालाई प्रविधि मैत्री बनाइनेछ । नगर कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका कार्यालयहरुमा सि।सि।टि।भि। क्यामेरा लगायतका प्रविधि जडान कार्यको थालनि गरिनेछ ।
१०० नगरपालिका र वडा कार्यालय बीच हुने सञ्चारलाई विद्युतिय माध्यमबाट गर्ने कार्यलाई निरन्तरता दिईएबउभचभिकक न्यखभचलबलअभ को अवधारणालाई कार्यान्वयनमा ल्याइनेछ । यसका निम्ति वडा सचिवहरुलाई क्ष्ऋत् सम्बन्धी तालिमको व्यवस्था गरिनेछ ।
११० जनताको नजिक रही सेवा प्रवाह गर्ने संघीयताको मर्म अनुसार वडाहरुबाट नै सम्पत्ति कर लिने कार्यको सुभारम्भ गरिनेछ । यसका निम्ति वडा सचिवहरुलाई तालिमको व्यवस्था गरिनेछ ।
१२० नगर क्षेत्र भित्र भएका क्रियाकलापहरुको सूचना प्रवाहलाई थप पारदर्शी बनाइनेछ ।
१३० सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गरी डिजिटल नागरिक वडापत्र, हेल्प डेस्क आदिको व्यवस्था गरिनेछ ।नगरपालिकाको टोल फ्रि नम्बर सञ्चालन ल्याई प्राप्त हुने सुझाव तथा गुनासाहरुलाई सिधै सम्बोधन गरिने व्यवस्था मिलाइनेछ ।
१४० संविधानमा उल्लेखित स्थानीय तहको एकल अधिकार सुचि अन्तर्गत रहेको मेलमिलाप र मध्यस्थता व्यवस्थापन सम्बन्धी अधिकारलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन निर्माण भएको न्यायिक समितिलाई सबल बनाउन आवश्यक आधारभूत मेलमिलाप तालिमको व्यवस्थापन गरिनेछ ।
१५० नगरपालिका क्षेत्रमा अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण र सुशासन प्रवर्द्धन गर्न शहरी क्षेत्रमा राखिएका सि।सि।टि।भि। क्यामराहरुको मर्मत तथा आवश्यकता अनुसार थप गरिनेछ ।साथै शहरी क्षेत्रमा आवश्यकता हेरी ट्राफिक लाइट राख्ने कार्य प्रारम्भ गरिनेछ ।कार्यालय व्यवस्थापनलाई पारदर्शी बनाउनका लागि कार्यालयमा सि।सि।टि।भि। क्यामेरा जडान गरिनेछ ।
१६० नगरपालिकाबाट प्रबाह गरिने सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारीहरुसँग कार्य सम्पादन सम्झौता गरी नतिजामा आधारित कार्य सम्पादन प्रणाली अबलम्बन गरिनेछ ।
१७० सुरक्षा तथा सेवा प्रवाहलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक नगर प्रहरी पदपूर्तिगरिनेछ ।
१८० यस नगरपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण गरिनेछ।
१९० कर्मचारीहरु अपुग भएको शाखामा आवश्यकता अनुसार व्यवस्थापन गरिनेछ ।
च) अनुगमन तथा मूल्याङ्कन
१० नगरपालिकामा सञ्चालन गरिने योजना तथा कार्यक्रमलाई गुणस्तरीय, छिटो छरितो रुपमा सम्पन्न गर्न प्रत्येक आ।व। को पुष मसान्त सम्म सम्झौता गर्ने, बैशाख मसान्त सम्म सम्पन्न गरी सोको भुक्तानी जेठ महिना भित्र फरफारक गर्ने गरी व्यवस्था गरिनेछ ।
२० नगरपालिबाट सञ्चालन हुने सबै योजना तथा कार्यक्रमहरुको नियमित तथा आकस्मिक अनुगमन एवं सुपरिवेक्षण गरी प्रभावकारी बनाइनेछ ।
३० उपभोक्ता समितिको गठन प्रक्रिया र समितिको कार्य प्रणालीलाई थप पारदर्शी बनाइनेछ ।