FLASH NEWS
  • Loading...

कर तिर्ने समयावधि थप्‍न अर्थ मन्त्रालय तयार

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९२ पटक पढिएको
कर तिर्ने समयावधि थप्‍न अर्थ मन्त्रालय तयार

कर तिर्ने समय थप्नको लागि अर्थ मन्त्रालय तयार भएको छ।
११ चैतदेखि लकडाउन भएका कारण सरकारले २५ जेठसम्ममा कर तिर्ने सुविधा दिएको थियो। आन्तरिक राजश्व विभागले २० जेठमा सूचना प्रकाशन गरेर २५ जेठसम्ममा सबै कर नतिरे जरिवाना लाग्ने बताएपछि उद्योगी व्यवसायीहरू सरकारप्रति आक्रोशित भएका थिए।
आज नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूले अर्थ सचिव शिशिर ढुंगानालाई भेटेर छलफल गरेपछि उनले कर तिर्न समय बढाउन तयार रहेको व्यवसायीहरूलाई बताएका छन्।
महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष किशोर प्रधान, र उद्योग समितिका सभापति अञ्जन श्रेष्ठ अर्थ सचिवलाई भेट्न सिंहदरबार पुगेका थिए।
उनीहरूसँगको छलफलमा ढुंगानाले कर तिर्ने समय बढाउन तयार रहेको बताएका हुन्। “अर्थ सचिवले कर तिर्ने समय बढाउँछु भन्नु भएको छ। कति समय बढाउने भन्ने यकिन गर्नु भएको छैन। हामीले असार मसान्तसम्म बढाउनुपर्छ भनेका छौं”, छलफलमा सहभागी मुरारकाले भने।
मूल्यअभिवृद्धि कर टीडीएलगायतको कर तिर्ने एउटा मिति र आयकर तिर्ने अर्को मिति तय गर्न अर्थसचिव तयार भएको व्यवसायीहरूले बताएका छन्।