FLASH NEWS
  • Loading...

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : शिक्षा र स्वास्थ्यमा जोड

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७३ पटक पढिएको
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : शिक्षा र स्वास्थ्यमा जोड

गण्डकी प्रदेश सरकारले  चालु आर्थिक वर्ष ०७६/०७७ को आर्थिक बृद्धि दर २.६८ प्रतिशतमा खुम्चने जनाएको छ । प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक सेरचनले आइतबार सो जानकारी गराएका हुन् ।
‘प्रदेशको आर्थिक वृद्धि ९।३ हुने लक्ष्य राखिएकोमा विप्रेषण, पर्यटन, उद्योगमा कोरोनाले पारेको असरले २.६८ मा खुम्चिने अनुमान गरिएको छ’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दे उनले भने, ‘कोभिड र लकडाउनले प्रदेश सरकारको वार्षिक कार्यक्रम, संघीय सरकारको दीगो विकास लक्ष्य र पञ्चवर्षीय योजनामा व्यवधान आएको छ ।’
गण्डकी प्रदेश सरकारले आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्राथमिकताअन्र्तगत स्वास्थ्य, कुषि, रोजगारी सृजना र अर्थतन्त्रको पु्नर्उत्थानलाई महत्व दिएको छ । प्रदेश प्रमु्ख सेरचनले कोरोना संक्रमण कहिले अन्त्य हुने हो भन्न नसकिने भन्दै अहिले कोभिड–१९ को निःशुल्क परीक्षण बढाइने, गुणस्तरीय स्वास्थ्य सेवा दिइने , ज्याला मजदुरी गर्नेहरुलाई स्थानीय तहसँगको सहकार्यमा राहत र रोजगारी दिइने, ज्यालादारी गर्ने सीमान्तकृत, जेष्ठ नागरिकहरुको हित संरक्षण गर्न विशेष कार्यक्रमा ल्याइने उद्घोष गरे  उनले ।
पर्यटन, उद्योग/व्यापार, क्षेत्रगत पुनर्उत्थानका कार्यक्रम ल्याइने , रोजगारी गुमाएकाहरुको लागि व्यवसायिक तालीम, बीउ पूँजी दिँदै स्वरोजगार र रोजगारका कार्यक्रम चलाइने,उद्यमीलाई अनुदानमा उपकरण दिइने र बैंकसँग सस्तोमा ऋण दिनको लागि सहजीकरण गरिने पनि बताए ।
स्वास्थ्य सेवा सुधारलाई विशेष जोड दिइएको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा सर्वसुलभ बनाउन प्रदेश स्वास्थ्य सेवा कानून र मापदण्ड तय गरिने, न्यूनतम स्वास्थ्यसेवा मापदण्ड कायम गराउन सुनिश्चित गरिने , संक्रामक र सरुवा रोगको लागि प्रयोगशालासहितको संक्रामक तथा सरुवा रोग अस्पताल बनाइने , गर्भवतीहरुको लागि मातृप्रतीक्षा कक्ष बनाउँदै लैजाने । हवाई लिफ्टिङलाई निरन्तता दिइने । बहु क्षेत्रीय पोषण कार्यक्रम चलाइने , खोपपूर्ण प्रदेश बनाइने , मनाङ मुस्ताङमा २ र बाँकी जिल्लामा ५ शैयाको सघन उपचार कक्ष बनाइने , जिल्ला अस्पतालाई २५ देखि ५० र र धौलागिरी अस्पताललाई २ सय शैयाको बनाइने पनि नीति तथा कार्यत्रबmममा उल्लेख गरिएको छ । ती अस्पतालमा आँखा उपचार पनि थपिने जनाइएको छ । यसैगरि बन्दीपु्र, गल्याङ, भिरकोट, सिसुवामा बाल अस्पताल बनाइने, आगामी ३ वर्षमा सबैको स्वास्थ्य बीमा गरिने, क्यान्सर मुटु, मिर्गोला, सिकसेल, स्पाइनल इन्जुरी, पार्किन्सन, अल्जाइमर्सं र हेड इन्जुृरीमा आर्थिक सहयोगलाई निरन्तरता दिइने, विपन्न बर्गको उपचारको सुविधा कायमै राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेश सरकारल े पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृगौला र मुटुरोगको विशिष्ठिकृत सेवा सुरु गर्ने, प्रयोगशालाहरुको भवना बनाउने,प्रदेश क्षयरोग नियन्त्रण केन्द्रको सुदृढिकरण । पोखरामा रहेको मातृशिशु मितेरी अस्पतालसहित नवलपुर,पर्वत र म्याग्दी अस्पतालको भवन बनाइने , आयुर्वेद औषधालयलाई १५ शैयाको चिकित्सालयमा स्तरोन्नति गरिने घोषणा गरेको छ । । गण्डकी विश्वविद्यालयको भवन बनाउन थालिने ।चिकित्सा र सूचना प्रविधिको पढाई थालिने । ५ सय शैयाको अस्प्ताल बनाइने । प्राविधिक शिक्षा र व्यावसायिक तालीमको स्तरोन्नति गरिने । गण्डकी प्राविधिक तथा व्यवसायिक शिक्षा प्रतिष्ठान गठन गरिने । हिमाली क्षेत्रमा आवासीय माध्यमिक विद्यालय बनाउने काम निरन्तर । वैकल्पिक विद्यालयलाई सहयोग दिइने । मूलधारमा ल्याउने । मातृभाषामा पढाईलगायतमा स्थानीय तहसँग समन्वय गरिने । सामुदायिक विद्यालयमा अध्ययनरतलाई जेहेन्दार तथा गरीब विद्यार्थीलाई विशेष महत्व दिइने र उच्च शिक्षालाई प्रविधि मैत्री बनाइने कार्यक्रम पनि गण्डकीको रहेको छ ।
पोखरा– २६ वडामा आयुर्वेद चिकित्सालय बनाइने ,जडिबुटी भण्डारण र प्रशोधन केन्द्र बनाइने । नसर्ने रोगको लागि एकीकृत जनस्वास्थ्य प्रवद्र्धन कार्यक्रम संचालन पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
प्रदेश प्रम्ख सेरचनले रोजगारलाई सूचना केन्द्रसँग जोडिने र रोजगारी सृजना गरिने योजना रहेको सुनाए । नीति तथा कार्यक्रमले श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराइने, ज्यालामा हुने भेदभाव अन्त्य गरिने घोषणा पनि गरेको छ खेलकुदका पूर्वाधार बनाइने छ । प्रत्येक जिल्लामा रंगशाल बनाइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल मैदान बनाइने । आउँदो वर्षमा गण्डकी प्रज्ञा प्रतिष्ठान बनाइने घोषणा पनि गरे । यो अघिल्लो वर्षको नीति तथा कार्यक्रममा भए पनि कार्यान्वनयमा आउन नसकेको कार्यक्रम हो ।